यस्तो छ भागबण्डाका आधारमा बनाइएको नेकपाको गुटगत कार्यदल

Kp prachanda madhab

काठमाडौँ । फुटको अन्तिम चरणमा पुगेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा चर्किएको विवाद अन्त्य गर्न गठित कार्यदल नै भागबण्डाका आधारमा बनाइएको छ ।

लामो समयदेखि आन्तरिकविवादमा फस्दै आएको नेकपाभित्रको विवाद अन्त्यका लागि लामोसमयदेखि प्रयास हुँदै आए पनि प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीको राजीनामाको विषयलाई लिएर पार्टी फुटको संगारमै पुगेको थियो ।

अध्यक्षद्धय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचझण्डै९ दिनसम्म बोलीचाली नै बन्द जस्तै भएको थियो । तर, दुई दिनअघि मात्रै ओलीले ५ दिनभित्र पार्टी विवाद अन्त्य हुने बताएका थिए ।

आन्तरिक विवादले पार्टी नै फुटको संघारमा पुगेका बेला शुक्रबार २ अध्यक्ष केपी ओली र प्रचण्ड बीचको सहमतिमा ६ सदस्यीय कार्यदल बनाउने सहमति जुटेको हो ।

उक्त कार्यदलमा नेकपाभित्र शक्ति संघर्षमा फ्रन्टलाइनमा रहेका अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट दुई–दुई जनाको प्रतिनिधित्व गराइएको छ ।

कार्यदलमा रहेका महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य शंकर पोखरेल अध्यक्ष ओली पक्षका हुन् भने प्रचण्डपक्षबाट जनार्दन शर्मा र पम्फा भुषाल रहेका छन् । त्यसैगरी नेता नेपालको समुहबाट कार्यदलमा नेता भीम रावल र सुरेन्द्र पाण्डे छन् ।

नेकपामा पार्टी विधानविपरित सरकार र पार्टी सञ्चालन भएको भन्दै अध्यक्ष तथा प्रधानमन्त्री ओलीको चर्को विरोध हुँदै आएको थियो । त्यसक्रममा ओलीले अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पदबाट राजीनामा दिनुपर्ने भन्दै प्रचण्ड र नेपाल पक्षले चर्को दबाब दिँदै आएका थिए ।

 

 

प्रतिकृया दिनुहोस