यूट्युबमा सालको पातको रेकर्ड कायमै, फेरि सहकार्य गर्दै गायक र संगीतकारको जोडी

Salko

काठमाडौँ । कुलेन्द्र विश्वकर्मा र विष्णु माझीले गाएको सालको पातको टपरीु ले यूट्युबमा हालसम्मकै बढी हेरिएको लोकदोहोरी गीतको रुपमा स्थान सुरक्षित राखेको छ। गीतको म्युजिक भिडिओ यूट्युबमा ६ करोड २१ लाखभन्दा बढी हेरिएको छ। उक्त भिडियो सार्वजनिक भएको आउँदो साता २३ महीना पुग्दैछ।

सार्वजनिक भएको छोटो समयमै धेरै हेरिएको लोकदोहोरीमा उक्त गीत दर्ता भएको थियो। चार महीना नबित्दै यूट्युबमा दुई करोड भ्यूज नाघेको थियो।

युवा गीतकार नवराज पन्तको शब्द र वसन्त थापाले सङ्गीत दिएको गीतको लोकप्रियता यति छ, यूट्युबमा भ्यूज निरन्तर बढिरहेको छ। पछिल्लो एक महीनामा मात्रै झण्डै दश लाख पटक हेरिएको छ। सङ्गीतकार थापाले भने, “स्रोताको मन जित्नु ठूलो कुरा रहेछ, व्यावसायिक हिसाबले पनि गीत सफल रह्यो।”

झ्याउरे लयमा ठेट जनजिब्राका शब्द र मनछुने स्वरले गीतमा प्राण भरेको छ। कुशल अभिनय र नृत्यले दर्शक लोभ्याउँछ। म्यूजिक भिडियोमा नायिका मरिष्का पोखरेलसँगै गायक विश्वकर्मा र सङ्गीतकार थापाको अभिनय छ।

गायक विश्वकर्माले गीतले यतिसम्म चर्चा पाउँला भनेर पहिले नसोचेको प्रतिक्रिया दिए। अभ्यास डिजिटल म्युजिक प्रालिद्वारा निर्मित गीत ‘वसन्त थापा’ नामको यूट्युब च्यानलबाट सार्वजनिक भएको थियो। गीतका बारेमा १३ हजारभन्दा बढीले प्रतिक्रिया लेखेका छन्।

गायक विश्वकर्मा र सङ्गीतकार थापाबीच अर्को लोकदोहोरीमा पुनः सहकार्य हुँदैछ। “शब्द रचना प्रह्लाद सुवेदीले गर्नुभएको छ, गायिका को राख्ने निश्चित भइसकेको छैन”, थापाले भने।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...