कविता : दुई मुठी चिउरा

Surendra kc poem


झुट तिम्रो पेशा भयो खान्दानित हैन
पाइलै पिच्छे झुट बोल्छौ, नपुगेका केहि हैन
शिक्षा दिक्षा राम्रै थियो चुक्नुपर्ने हैन
तिम्रा सन्तान कस्ता होलान् किन चिन्ता छैन ?

सम्पति नि जोडी हाल्यौं झुटको खेति गर्दै
अड्डा अदालत बसमा राख्यौं धनुष्टंकार गर्दै
रात पारी थैली बुझायौं छामछाम छुमछुम गर्दै
निरहाका घरवार खायौं हाकिमका चाकडी गर्दै ।

अख्तियार मै झुटका खेती अदालत पनि
मन्त्रालय मै झुटका खेती मन्त्रीहरु पनि
आयुक्तलाई बचाउने प्रमुख आयुक्त पनि
मन्त्रीहरूलाई बचाउने प्रधानमन्त्री पनि ।

न्याय पाउन छोडी हाल्यो भ्रस्टाचारले गर्दा
कोरना पनि बाँकी राखेनन् झुटको खेतीले गर्दा
रक्षक नै भक्षक भए नोटका बिटाले गर्दा
बंगला गाडी जोडी हाल्यौं लान्छौ होला मर्दा ।

तिम्रा सन्तान दुव्र्यसनी तिम्रै दुस्कर्मले गर्दा
जिउँदै गनाइसक्यौं, पाउँदैनौ मलामी मर्दा
झुटका सम्पति के काम लाग्ला मर्दा दुईभारी दाउरा
स्वर्गीय आनन्द त्यसले पाउँछ सदा खान्छ दुई मुठी चिउरा
दुई मुठी चिउरा ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...