‘चिनी कम रङ कडा’ अमेजन प्राइम भिडियोमार्फत रिलिज

Film 8

काठमाडौं । चलचित्र ‘चिनी कम रंग कडा’ अमेजन प्राइम भिडियोमार्फत रिलिज भएको छ । हाल अमेरिका र बेलायतमा मात्र हेर्न मिल्ने गरी चलचित्र रिलिज गरिएको हो ।

गीत र टिजर सार्वजनिक भइसकेको चलचित्र नेपालमा भने केही समयपछि प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ । चलचित्रमा मानव सुबेदी, सुशील सिटौला, अनु थापा, रविन जङ्ग थापा, सूर्य थापा, जीवन भट्टराई, प्रकाश भुजेल लगायतका कलाकारको अभिनय छ ।

गणेश देव पाण्डेको निर्माण तथा लेखन रहेको चलचित्र मानव सुवेदीको सङ्गीत छ भने सुशील सुबेदीको शब्द रहेको छ । ‘चिनी कम रंङ कडा’ मा याचोपो रचलिक र लुका मौचेरीको छायाङ्कन, कृष्ण भण्डारीको सम्पादन रहेको छ ।

गणेशदेब पाण्डेको लेखन र निर्माण रहेको यो फिल्म अहिले अमेजन प्राइम भिडियोमार्फत अमेरिका र बेलायतमा प्रदर्शन सुरु भएको छ । फिल्म ‘चिनी कम रंग कडा’ ले दर्शकको मन जित्ने र केही समयपछि नेपालमा नेपाली दर्शकले पनि हेर्न पाउने निर्देशक विवेक घिमिरेको भनाई छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

साउन महिनाको अन्तिम शनिबार, श्री शनी देवको पुजा गर्दै हेर्नुस् आज साउन ३१ गतेको राशीफल

Rashi sabibar shanidev

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । दाजुभाइको प्रगतिको समा...