सञ्चारकर्मी सीताले के ल्याइन् तीजको कोसेली ? (भिडियोसहित)

Sita song

काठमाडौं । हिन्दु नारीहरुको महान चाड तीज आइपुग्न लागेको छ । आगामी भदौं ५ गते नेपाली हिन्दु नारीहरुले तीज मनाउँदैछन् ।

यही सालको तीजलाई लक्षित गर्दै लामो समयदेखि सञ्चारकर्ममा लागेकी सीता रसाइली बिश्वकर्माले तीजको नयाँ गीत ‘बर्ष दिन बितेको’ ल्याएकी छन् ।

बिबि अनुरागीको शब्द रचना तथा संगीत रहेको ‘बर्ष दिन बितेको’ बोलको गीतमा स्वर दिएकी गायीका रसाइलीको यो पहिलो गीत हो । रसाइलीको गीतमार्फत जातीय बिभेद्को विरुद्धमा सन्देश प्रवाह गर्ने प्रयास गरिएको छ । गीतमा जातकै कारण मान्छे मार्ने चलन आएकाले कानुन कार्यान्वयनमा जोड दिइएको छ ।

डा. मोम बिश्वकर्माको प्रस्तुति, शंकर बिसीको निर्देशन र कोरियोग्राफी रहेको उक्त गीतको म्युजिक भिडियो भिभीड नेपाली मिडिया च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

अस्ट्रेलियाको सिड्नीमा बसोबास गर्दै आएकी रसाइलीको तीजको गीतमा अञ्जली अधिकारी, बन्दना नेपाल, उत्शा घिमिरे लगायतका कलाकारले नृत्य गरेका छन् ।

 

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...