युट्युब च्यानलबाट हटाइयो सोफिया थापाको तीज गीत

Sofiya thapa geet

काठमाडौं । सोफिया थापा कुनै चर्चित गायीका होइनन्, तर, तीजको अवसरमा आएको उनको गीतले निक्कै आलोचना खेप्नुपरेको छ । थापाको ‘अबको तीज नो ब्रत प्लिज’ बोलको गीतलाई लिएर सामाजिक संजालमा पनि खुबै चर्चा भएको थियो ।

चौतर्फी आलोचना भएपछि सोफिया थापाले बजारमा ल्याएको ‘अबको तीज नो ब्रत प्लिज’ बोलको गीत युट्युब च्यानलबाट हटाइएको छ ।

गीत सार्वजनिक भएपछि विभिन्‍न धार्मिक संस्थाले उक्त गीतलाई लिएर सार्वजनिक रुपमा विरोध जनाएका थिए । सार्वजनिक भएको दुई दिनमा नै यो गीत हटाइएको छ ।

हिन्दु महिलाहरुको महान पर्व तीजको मुल्य र मान्यतालाई ठेस पुगेको भन्दै हिन्दु जागरण संस्था गीत विरुद्धमा उत्रिएको थियो । सो गीतलाई धार्मिक संस्थाले प्रतिबन्ध गर्न दबाब दिएपछि युट्युवबाट प्रसारण गर्नबाट रोकिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...