अभिनेत्री केलीको मृत्यु

Kelly

एजेन्सी । हलिउड अभिनेत्री केली प्रिस्टनको मृत्यु भएको छ ।  

प्रिस्टनको ५७ वर्षको उमेरमा मृत्यु भएको हो । हलिउड स्टार जोन ट्रेवोल्टाकी श्रीमती समेत रहेकी केली दुई वर्षदेखि ब्रेष्ट क्यान्सरसँग लडिरहेकी थिइन् ।

प्रिस्टनका श्रीमान् जोनले सामाजिक सञ्जालमार्फत केलीको मृत्यु खबर सार्वजनिक गर्दै निकै इमोसनल पोस्ट गरेका छन् ।

‘मेरी राम्री श्रीमती केली दुई वर्षदेखि ब्रेस्ट क्यान्सरसँग लड्दै थिइन् । अन्ततः उनले यो लडाईंमा हारेकी छिन्’ उनले लेखेका छन् ‘कयौं मानिसको प्रेम र सपोर्टका कारण उनले यो लडाईं निकै बहादुरीका साथ लडिन् ।’

जोनले उपचार गरिरहेका डाक्टर तथा हेल्थ केयरलाई पनि धन्यवाद व्यक्त दिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...