बलिवुडका चर्चित हास्यकलाकार जगदीप उर्फ सुरमा भुपालीको निधन

Bhupal

काठमाडौँ । बलिवुडमा चर्चित हास्यकलाकार जगदीपको निधन भएको छ । ८१ बर्षिय अभिनेता जगदीपको गएराती मुम्बईमा निधन भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । असली नाम इश्तियाक अहमद जाफरी रहेका अभिनेतालाई बलिवुडमा सुरमा भुपालीका नामले पनि चिनिथ्यो । बलिवुडको सदबाहर सुपरहिट फिल्म शोलेमा सुरमा भुपालीको भूमिकामा अभिनय गरेका जगदीप यस भूमिकामा निकै चर्चित बनेका थिए ।

सुरमा भुपालीबाट उनी प्रभावित भएर यस नामको फिल्म समेत उनले बनाएका थिए । सो फिल्म सन १९८८ मा आफ्नै निर्देशनमा बनाएर रिलिज गरेका थिए । बलिवुडका ४ सय भन्दा बढी फिल्ममा काम गरेका जगदीपले बाल कलाकारको रुपमा बलिवुडमा प्रवेश गरेका थिए ।

उनका दुई छोरा जावेड जाफरी र नावेद जाफरी अहिले पनि फिल्म र टेलिभिजन क्षेत्रमै सक्रिय रहेका छन् । यस बर्ष बलिवुडले कैयौं हस्ती गुमाउनेक्रममा जगदीपलाई पनि गुमाएको छ । यस बर्ष अभिनेता ऋषि कपुर, इरफान खान, वाजिद खान, सुशान्त सिंह राजपुत, सरोज खान जस्ता हस्तीले यसै बर्ष बिदा लिएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...