अली मियाँको गीत चोरेकाे दुर्गेश थापामाथि आरोप (भिडियोसहित)

Durgesh thapa

गायक दुर्गेश थापा बेला बेलामा अनेक काण्ड गरेर चर्चामा आइरहन्छन् । गत वर्ष बीच्च बीच्चमा बोलको तीजगीतबाट चर्चा बटुलेका थापाले यस पालि नयाँ तीजगीत बजारमा ल्याएका छन् ।

बीच बीचमा २ एउटा फोटो खिच बोलको तीजगीत उनले हालै सार्वजनिक गरेका छन् । आफ्नै नामको युट्युब च्यानलमा उनले अपलोड गरेका  छन् ।

उनको गीतको तेस्रो अन्तरा र लोककवि अली मियाँको गीत आकाशमा बादलु डम्मै छ हुबहु छन् ।

गायक थापाले आफूले गाउँतिर सुनको भाका प्रयोग गरेको जिकिर गरे ।

अली मियाँ लोक वाङ्मय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँले यसरी गीत चोरिनु दुःखको कुरा भएको बताए । उनले भने, ‘गल्ती गरिहाले छन्, माफी माग्लान् नि ।’ यो गीत प्रेमराजा महत र हरिदेवी कोइरालाले करिब एक दशकअघि गाएका छन् ।

यसअघि तिहारबारे उच्छ्रिङ्खल गीत गाएपछि दुर्गेश पक्राउ गरेका थिए । 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...