यी हुन् जिब्रो चिप्लिने समस्या भएका ५ नेपाली सेलिब्रेटी

Vip sexy girl

काठमाडौं । नेपालका चर्चित र चर्चामा आउने सेलिब्रेटिहरुको कमी छैन । केही यस्ता सेलिब्रेटी छन्, जसलाई नेपालको न राजनीति बारे ज्ञान छ, न देशका प्रदेश वा सथानीय तहबारे नै ज्ञान छ । यस्तैमा पर्छन् यी सेलिब्रेटी पनि ।

केही नायिका त धेरै गोबर गणेश रहेछन् कि अरूले लेखिदिएको स्क्रिप्ट घोक्नेबाहेक सामान्य आइक्युसमेत जानकारी नभएका ।

अहिलेका एक/दुई कक्षाका बच्चालाई सोधे तिनले पनि जवाफ फर्काउँछन् नेपालमा कति प्रदेश, कति जिल्ला र कति अञ्चल छ ? तर, सेलिब्रिटी पूजा शर्मालाई यी सामान्य विषयको ज्ञान नहुँदा चर्काे आलोचना खेपिरहेकी छन् ।

कोही होस् नपुर्‍याएर बोल्दा विवादमा तानिएका छन् भने कोही बढी बोलेर । कलाकारको बोल्ने तरीकालाई मध्यनजर गर्दै नेपाल कलाकार महासंघले समेत सम्यमीत भएर आफ्नो कुरा खाख्न आग्रह गरेको छ । बोलिका कारण विवादमा आएपछि कलाकारहरुले भने माफी माग्दै जिब्रो चिप्लिएको बताउने गरेका छन् ।

१. प्रियंका कार्कि

Priyanka Karki World Laughter Dayअभिनेत्री प्रियंका कार्किले जिब्रो चिप्लिने विषयमा सबैलाई पछाडि पारेकी छन् । हरेक अन्तर्वार्ताहरुमा उत्साहित देखिने कार्किले एक अन्तर्वार्तामा आफू यूके, यूएस धेरै पटक गइसके तर अमेरिक भने पहिलो पटक आएको बताएकी थिइन् । सो भिडियो सार्वजनिक भए लगत्ते उनी समासजक सञ्जालमा हासोको पात्र बनेकी थिइन् ।

लगभग हरेक जसो अन्तर्वार्तामा कार्किको जिब्रो चिप्लिएको हुन्छ नै । यस्तै, अर्को अन्तर्वामामा पत्रकारले राजधानी कुन जिल्लामा पर्छ भनेर प्रश्न गर्दा कार्किले हाँस्दै काठमाडौ भनिन् । त्यसपछि काठमाडौ कुन जिल्लामा पर्छ भन्ने प्रश्नमा उनले बाग्मती भनिन् ।

छोटो समयमा दर्शकको मन जित्न सफल कार्किले अन्तर्वार्ताको समयमा जोशको साथमा होस गुमाएका देखिन्छ । कयौँ पटक जिब्रो चिप्लिएका कारण कार्कि सामासजक सञ्जालमा ट्रोलको शिकार भएकी छन् ।

२ . दिपाश्री निरौला

पछिल्लो समय एकपछि अर्काे कलाकारहरु आफ्नै अभिव्यक्तिका कारण विवादमा पर्दै आएका छन् ।

Deepa Shree Niraula Rajesh Hamalयसै क्रममा कलाकार दीपाश्री निरौला पनि आफ्नो अभिव्यक्तिका कारण विवादमा परेकी छिन् । अभिनेता राजेश हमालबारे दिइएको अभिव्यक्तिका कारण विवादमा परेकी निरौलाले सार्वजनिक रुपमा क्षमायाचना गरेकी छन् । निरौलाले सामाजिक सञ्जाल फेसबुकमार्फत उनले क्षमायाचना गरेकी हुन् ।

विवादमा तानिएपछि दीपाश्रीको आग्रहमा टेलिभिजन च्यानलले युट्युबबाट उनको अन्तर्वार्ता हटाइदिएको छ ।

क्षमायाचनाको जस्ताको तस्तै :

आदरणीय साथिहरू:

भगवान रामले एउटा सामान्य नागरिकको कुरा सुनेर सीता माता लाइ जंगल पठाएको कुरा को ठूलो बिरोध भयो, स्वयं भगवान राम पनि आलोचनाका पात्र हुन पुगे !!

श्री कृ्षण भगवान माथि पनि बेला बेलामा औला उठाइयो भने , मैले चलचित्र क्षेत्रकों महानायक भएपछि चलचित्र क्षेत्रमा परेको बिषम परिस्थिति मा एउटा अभिबाकको भूमिका निर्वाह गरेर, आफूलाइ बर्षो देखि सहयोग गरेका प्राबिधिकहरू लाइ परेको पीर मर्कामा सहयोगी किन हुन सक्नु भएन भन्ने आशयले यो बिषयमा बोलेको हूँ..

के प्रधानमंत्री, के महानायक, के कलाकार, अथवा के भगवान

सबै संग गुनासो गर्न पाइन्छ,

एउटा उच्च सम्मानमा बसेको मान्छे बाट केहि आशा पनि हुन्छ नै मेरो आशय त्यकि मात्रा हो !!!

राजेश हमाल लाइ सुपरस्टार नै होंइन भन्ने हैसियत मेरो थिएन , छैन र हुने पनि छैन , मेरो पहिलो चलचित्रको नायक हो उहॉ, उहॉलाइ महानायको रूपमा अस्ति मात्रै पनि मुन्द्रेको कमेडि कल्बमा अत्यन्त सम्मान गरेकै छू ! हेर्न सक्नु हुन्छ !

काठमाण्डू मा पाउरोटी समेत खान नपाएर संघर्ष गरेर यो स्थानमा आएकि म सामान्य कलाकार हूँ , मेरो बिगतले नै मलाइ घमन्ड गर्ने अनुमति दिदैन ,म यो क्षेत्रमा ३० बर्ष देखि छू , टुप्पो बाट पलाएको पनि छैन .. हमालज्यू सुपरस्टार हुनुहुन्थ्यो , हुनुहुन्छ र पछि सम्म रहि रहनु हुनेछ ..तर उहॉले महानायकको हिसाबमा चलचित्र क्षेत्रको पिडामा मलम पनि लगाउन सक्नु पर्छ नत्र त्यो पदमा शंका उत्पन्न हुन्छ पनि भन्न नपाइने गरेर उहॉलाइ भगवान नै बनाउने पक्षमा म थिइन र छैन पनि .... तथापी मेरो अभिव्यक्ति ले उहॉ सुपरस्टार नै होइन भन्ने बुझिन गएको मा भने म सबै हमालज्यूको फ्यानहरू संग माफि माग्दछू र भबिष्यमा अन्तर्वार्ता दिदॉ , पत्रकार को आशय र उस्को उदेश्य बुझेर शब्द संयोजनमा सचेत भएर , जवाब दिने कोशिस गर्नेछू !

एउटा महिला कलाकार हूं , कतिपय ब्यक्तिले गर्नु भएको अत्यन्तै अशभ्य गालि, पचाउनै नस्कने आरोपहरू , सुन्न पनि हिच्किचाइनु पर्ने शब्दहरु लाइ पनि सामान्य रूपमा नै लिएको छू किनकि म त कलाकार हूँ, हामिले सहनू नै पर्छ .. एउटा प्रश्न चाहि उब्जिएको छ मनमा , घरमा तपाइका दिदि बहिनीले पनि यस्तै एउटा भूल गर्दा यसै गरेर अपशब्द प्रयोग गरेर गालि गर्नु हुन्छ ?

अब मलाइ साच्चिकै माया गर्ने , मेरो त्रुटिमा मन दुखाउने र सूझाबहरू दिने आदरणिय महानुभाव हरू प्रति त म सधै झै नतमस्तक छू
मेरो कारणले मन दुखेंको होला क्षमा चाहन्छू है?

३. वर्षा राउत

Barsha Raut hot sexy kantipathnewsभारतले मिचेको नेपाली भूमी फिर्ताको विषयमा देशभर कुरा उठेको बेला विवादित अभिव्यक्ति दिएपछि नेपाली चलचित्रर्की लोकप्रिय नायिका वर्षा राउतले समेत चर्को आलोचना खेप्नु परेको थियो ।

एक युट्युव च्यानललाई अन्तर्वार्ता दिने क्रममा राउतले सीमाको विषय सरकारको रहेको र यसमा पत्रकारले नै झगडाको परिस्थिती खडा गरिदिएको बताएकी थिइन् ।

दुई देशका पत्रकार मिलेर झगडा पारिरहेका कारण आफूलाई भारतीय साथीसँग सामना गर्न अप्य्यारो भएको राउतले बताएकी थिइन ।

उनको यस अभिव्यक्तिपछि चौतर्फि आलोचना भएको थियो । जसका कारण वर्षाले आफूले भनेका कुरामा शब्द चयन राम्रो हुन नसकेकाले गलत अर्थ लागेको भन्दै माफी मागेकी थिइन् ।

हेर्नुहोस उनको स्टाटस जस्ताकाे तेस्तै…

”सम्पूर्ण आदरणीय दर्शक तथा शुभचिन्तक साथीहरूमा नमन ।

कलाकार हुँ, त्यसमाथि अलि भावुक स्वभावकी छु त्यसैले सकेसम्म कुनै पनि प्रकारको विवादबाट टाढा रहन खोज्छु । तर हिजो एउटा अन्तरवार्तालाई लिएर जुन हो-हल्ला गरियो, त्यसले मलाई भावनात्मक ठेस पुगेको छ । हो, प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा बोल्दै जाँदा म कुनै कुरामा चुकेँ होला, बोल्दै जाँदा जिब्रो चिप्लियो होला तर मनभित्र आफ्नो देश, आफ्नो राष्ट्रियताप्रतिको सम्मानमा म अलिकति पनि चुकेकी छैन, अलिकति पनि माथि-तल परेकी छैन ।

संसारको कुन नागरिकलाई आफ्नो मातृभूतिप्रति माया हुँदैन होला र? त्यसमाथि “नेपाली कलाकार” भनेर हाम्रो त पहिचान नै देश र राष्ट्रियतासँग जोडिएको हुन्छ । आफ्नो परिचयलाई नै अङ्गिकार गर्न सक्ने यति ठूलो र महान् सम्मानलाई म उच्च ओहोदामा राख्छु । म नेपाली हुँ, मलाई गर्व छ ।

हाल लिम्पियाधुरा, लिपुलेक र कालापानीसम्मको भूमिलाई समेटेर जुन नक्सा जारी भयो, त्यो हाम्रो भूमि हो र नेपाल सरकारले जुन कर्तव्यनिष्टता देखाएको छ, म त्यसको समर्थनमा अग्रपङ्क्तिमा उभिन तयार छु । तर यो मजस्तो एउटा व्यक्ति, एउटा नागरिकमात्रले समर्थन गरेर हुँदैन । हामी सबै नेपाली सँगै उभिएर समर्थन गर्नुपर्छ ।

समर्थन गर्नुपर्छ वार्ता गर्ने उचित वातावरणको, समर्थन गर्नुपर्छ तथ्य र सत्यको, समर्थन गर्नुपर्छ हामी दुई छिमेकीको प्रगढ सम्बन्धको, समर्थन गर्नुपर्छ हाम्रो रोटी-बेटी सम्बन्धको, र सबैभन्दा धेरै समर्थन गर्नुपर्छ मानवता र मानवधर्मको । यस्तो संवेदनशील समयमा भड्काउ तत्त्वहरूले आक्रमण गर्न सक्छन्, दुई देशको अन्तरदेशीय सम्बन्ध बिगार्न सक्छन् – जुन कुरा भारतीय मिडियाले उचालेका केही शब्दहरूबाट देखिन थालेको छ । यस्तै असभ्य र असत्य पत्रकारिता हाम्रो मिडियाले पनि नगरोस्, मैले यही भन्न खोजेकी हुँ ।

नेपाल मेरी जननी जन्मभूमि हुन् । नेपाली सबै हामी दाजु-भाइ दिदी-बहिनी हौं । नेपाली चेली मनिषा कोइराला दिदीले भनेका कुरालाई जसरी गर्वका साथ मैले सेयर गरें त्यसरी नै नेपाली भावनलाई म खुसीका साथ प्रस्तुत गर्न सधैँ तयार छु । मैले प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा बोलेका केही शब्दमा हेक्का नभएकाले केही गल्ती बोलेँ होला जसको सन्दर्भ टेढिएर गलत अर्थ लागे होलान् । यस्तो परिस्थिति खडा भएकामा म क्षमाप्रार्थी छु र अब-आइन्दा यसरी बोल्दा पक्कै हेक्का राख्छु ।

जय नेपाल, जय नेपाली !

जननी जन्मभूमिश्च स्वर्गादपी गरियसि”

४. पूजा शर्मा

नायिका पूजा शर्मा ट्रोलको शिकार बनेकी छिन् । नेपालमा कति जिल्ला छन् भन्ने समेत भन्न नसकेपछि उनको चौतर्फी विरोध भएको छ ।

hot puja sharmaप्राइम टाइम्सको भिडियो अन्तर्वार्तामा पत्रकार प्रकाश सुवेदीलाई दिएको अन्तर्वार्तामा पूजाले नेपालमा १४ जिल्ला भएको बताएकी थिइन् ।

उनलाई पत्रकार सुवेदीले सोधेका थिए – नेपालमा यतिखेर कतिवटा प्रदेश छन् ? यसको जवाफमा कलाकार पूजा शर्माले ७२ वटा भएको भन्दै अकमकाएकी थिइन् ।

यो प्रश्नको उत्तर दिन नसकेपछि उनलाई सुवेदीले नेपालमा कतिवटा जिल्ला छन् भनेर प्रश्न सोधेका थिए ।
पूजाले नेपालमा १४ वटा जिल्ला भएको उत्तर दिएकी थिइन् ।

यो भिडियो फुटेज सामाजिक सञ्जालमा भाइरल भएको छ भने नेपाली कलाकारको अज्ञानतामाथि पनि प्रश्न उठाइएको छ ।

प्राइम टिभीको युट्युब च्यानलमा अपलोड गरिएको उक्त भिडियो हटाइएको छ ।

भिडियो किन हटाइयो भन्ने खुलाइएको छैन ।

मासिहरुले आफ्नो देशको बारेमा सामान्य ज्ञान जो सुकैलेपनि राख्न पर्ने भन्दै पूजालाइ गाली समेत गरेका छन् ।

 ५. आस्था राउत

चाैतर्फी बिराेधपछि गायिका आस्था राउत रिहा !

asthanews of nepal 2020

चर्चित गायिका आस्था राउत आस्था राउतले गएको माघमा चर्को आलोचना खेप्नु परेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट भद्रपुरतर्फ उड्ने तयारीका क्रममा महिला प्रहरीले आफुलाई दुर्व्यवहार गरेको बताउदै राउतले प्रहरीलाई फेसबुक लाइभमा तथानाम गाली गरेकी थिइन् ।

विमानस्थलमा आफुलाई महिला प्रहरीले दुव्यवहार गरेको भन्दै राउतले प्रहरीलाई ‘डन्ठे’, ‘प्युसा’, ‘प्युपा’, ‘बन्दुके’ जस्ता शब्द प्रयोग गर्दै रिस पोखेकी थिइन् ।

जसका कारण उनीविरुद्ध पक्राउ पूर्जि समेत जारीगरिएको थियो । चौतर्फी आलोचनापछि राउतले फेसबुकबाट भिडियो डिलिट गर्दैै माफी मागेकी थिइन् ।

प्रतिकृया दिनुहोस