भारतमा एकै दिनमा १८ हजार सङ्क्रमित, कुल सङ्क्रमित ५ लाख पुग्यो

Media handler

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको कुल संख्या शनिबार पाँच लाखभन्दा बढी भएको छ । भारतमा दैनिक हजारौको संख्यामा नयाँ सङ्क्रमितहरु थपिदै गएकाले कुल सङ्क्रमितको संख्या पाँच लाखभन्दा बढी पुगेको हो ।

सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा मात्रै १८ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । भारतमा शनिबार बिहान सार्वजनिक गरिएको तथ्यांकअनुसार एकैदिनमा १८ लाख ५५२ जना सङ्क्रमित भएका हुन् ।

गत जुनदेखि मात्रै भारतमा ३ लाख १८ हजार नयाँ सङ्क्रमित थपिएको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । देशभरी अहिले एक लाख ९७ हजार ३८७ जना सङ्क्रमित अवस्थामै रहेका छन् भने सङ्क्रमणमुक्त हुनेहरुको संख्या दुई लाख ९५ हजार ८८० पुगेको छ ।

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर अहिलेसम्म मृत्यु भएकाहरुको कुल संख्या १५ हजार ६८५ पुगेको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । कोरोनाभाइरसबाट सवैभन्दा धेरै महाराष्ट्र प्रदेश प्रभावित भएको छ । सो प्रदेशमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका र मृत्यु भएकाहरुको संख्या सवैभन्दा धेरै रहेको छ ।

महाराष्ट्रमा मात्रै अहिलेसम्म एक लाख ५२ हजार ७६५ जना सङ्क्रमित भएका छन् । त्यसैगरी केन्द्रिय राजधानी समेत रहेको दिल्ली प्रदेशमा ७४ हजार ६२२ जना सङ्क्रमित भएको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।  
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...