झुट बोल्दा यसरी खोसियो काइलीको अर्बपतिको उपमा

Kylie jenner 18

काठमाडौं । फोर्ब्स पत्रिकाले रियालिटी टेलिभिजन स्टार तथा युवा व्यवसायी काइली जेनरलाई अर्बपतिको सूचीबाट हटाएको छ ।

उनको परिवारले काइलीको कस्मेटिक व्यवसायको मूल्य अनाधिकृतरुपमा बढाएको पत्रिकाको आरोप छ । फोर्ब्सका अनुसार काइलीको परिवारले उनलाई वास्तविकभन्दा धनी देखाउन धेरै हतकण्डा अपनाएको थियो ।

यता, काइलीले भने ट्वीट गरेर फोर्ब्सको आरोपलाई खण्डन गर्दै पत्रिकाको दाबीलाई ‘गलत बयान र अप्रमाणित धारणा’ भनेर खण्डन गरेको छ । ‘मैले कहिले पनि कुनै उपमाको माग गरेकी थिइनँ न त त्यहाँसम्म पुग्न झुठ बोलेकी थिएँ,’ उनले लेखेकी छिन् । उनले यतिबेला आफूसँग कति पैसा छ भनेर प्रमाणित गर्नुको साटो १०० वटा महत्त्वपूर्ण कामको सूची रहेको बताइन् ।

योसँगै सन् २०१९ मा फोर्ब्स पत्रिकाले उनलाई घोषणा गरेको ‘स्वनिर्मित’ अर्बपतिको उपमा खोसिएको छ । त्यतिबेला पनि काइलीलाई स्वनिर्मित अर्बपति घोषणा गरिएकोमा आलोचना भएको थियो । किनभने कार्डासियन परिवारमा उनलाई रियालिटी टिभी स्टारका रुपमा स्थापित गरिसकिएको थियो ।

सन् २०१५ मा काइलीले स्थापित गरेको काइली कस्मेटिक र काइली स्किनले गर्दा उनी अर्बपति बनेको बताइएको थियो । गत वर्ष काइलीले आफ्नो कम्पनीको ५१ प्रतिशत सेयर कोटी कम्पनीलाई ६ सय मिलियन डलरमा बिक्री गर्न लागेको बताएकी थिइन् ।

फोर्ब्सका अनुसार काइलीको परिवारले सन् २०१६ मा ३ सय मिलियन डलर कमाएको र अर्को वर्ष ३ सय ३० मिलियन डलर कमाएको जानकारी पत्रिकाले दिएको थियो ।

तर, कोटी कम्पनीले साझा गरेको जानकारीमा काइलीको कम्पनीले उनको परिवारले दाबी गरेभन्दा निकै कम मात्र व्यापार गर्ने गरेको खुलेको थियो । उनको कम्पनीले सन् २०१८ मा मात्र १ सय २५ मिलियन डलरमात्र कमाइ गरेको कोटीले उल्लेख गरेको छ ।

यसअघि, पत्रिकाले अमेरिकी कमर्स सेक्रेटरी विल्बर रोस र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफ्नो सम्पत्ति धेरै देखाएको आरोप लगाएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...