एकै दिन नेपालमा थपियो १०१ जनामा संक्रमण, संक्रमितको संख्या ७ सय ८३ पुग्यो

Corona test

काठमाडौं । नेपालमा मंगलबार एकैदिन धेरै जनामा संक्रमण देखिएको छ । मंगलबार मात्रै १ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ७ सय ८३ पुगेको छ ।

यसअघि वैशाख ३० गते ८३ जनामा कोरोना संक्रमण देखिएको थियो । माघ १० गते कोरोना भाइरसको पहिलो संक्रमण पुष्टि भएको थियो । त्यसयता नेपालमा पहिलो पटक यति धेरै संख्यामा संक्रमण पुष्टि भएको हो ।

सप्तरीमा मंगलबार थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा संक्रमितको संख्या १५ पुगेको छ । योसँगै मुलुकका ४६ जिल्लामा संक्रमण देखिएको छ ।

मंगलबार दिउँसो ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । संक्रमण पुष्टि हुनेहरुमा कपिलवस्तुका २६, रौतहटका २२ जना, सुर्खेतका १२, बाँकेका ८, सिरहाका ५, बाराका ३, महोत्तरी, जुम्ला, गुल्मी, अर्घाखाँची र स्याङ्जाका २र२ र धनुषा, रुपन्देही, कैलाली र अछामका एकरएक जना छन् ।

जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार पछिल्लो पटक सप्तरीको बोदेबरसाइन नगरपालिकाका ८ जना, बलान बिहुल गाउँपालिकाका २ जना र सुरुङ्गा नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हालसम्म संक्रमण पुष्टि भएकाहरुमध्ये १५५ जना निको भएका छन् भने बाँके, सिन्धुपाल्चोक, गुल्मी र बाराका एकरएक गरी ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...