मंगलबार एकै दिन ९० जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा पुग्यो ७७२ जना

Corona test logo

काठमाडौं । मंगलबार एकै दिन नेपालका विभिन्न जिल्लामा थप ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विभिन्न जिल्लामा थपिएका ९० जनासहित कूल संक्रमितको संख्या ७ सय ७२ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार महोत्तरीमा २ जना, जुम्ला स्थायी ठेगाना भइ बारामा कार्यरत २ जना, बाराकै थप ३ जना, रौतहटका विभिन्न ठाउँका २२ जना, सिरहाका ५ जना, धनुषाका १ जना, बाँकेका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी मंगलबार कपिलबस्तुका विभिन्न ठाउँका २६ जना, अर्घाखाँचीका २ जना, गुल्मीका २ जना, रुपन्देहीका १ जना, कैलालीका १ जना, अछामका १ जना, स्याङ्जाका २ जना र सुर्खेतका १२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

लामो समयसम्म कोरोना संक्रमण नदेखिएको गण्डकी प्रदेशमा फेरि नयाँ संक्रमित देखिएको छ । पहिलो पटक स्याङ्जामा एक जनामा कोरोना संक्रमण देखिएको हो । यसअघि बाग्लुङमा कोरोना संक्रमित देखिएको थियो । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...