थाईल्याण्डले बनाउन थाल्यो कोरोना विरुद्धको सबैभन्दा सस्तो भ्याक्सिन

Corona vacsin thailand

काठमाडौं । विश्वब्यापी महामारी बनेको कोरोना भाइरसका विरामीलाई निको पार्ने खोपको विकासमा विश्वका बिभिन्न मुलुकहरु जुटिरहेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभरका सय भन्दा बढी वैज्ञानिक टोलीहरु कारोना निको पार्ने भ्याक्सिनको खोजीमा लागेका छन् ।

अहिलेसम्म ८ प्रकारका भ्याक्सीनको मानव परीक्षण भएका छन । कोरोना विरुद्धको खोप विकास अभियानमा अहिलेसम्म अक्सफोर्ड युनिभर्सिटी सबैभन्दा अग्रपंक्तिमा रहेको डब्लुएचओले बताएको छ । यहि सिलसिलामा थाईल्याण्डले पनि कोरोना निको पार्ने भ्याक्सिन पत्ता लगाउने काममा तिव्रता देखाएको छ ।

सुरुवाती समयमा मुसामा परीक्षण गरेको भ्याक्सिन सफल भएपछि अहिले बाँदरमा परीक्षण सुरु गरिएको छ । वैज्ञानिकहरुको यो तदारुकताबाट थाइल्याण्डको नेतृत्व पनि निकै उत्साहित देखिएको छ । सन २०२१ सम्म कोरोना रोकथामका लागि सबै भन्दा सस्तो भ्याक्सीन तयार पार्ने थाई नेतृत्वले दावी पनि गर्न थालेको छ ।

गत शनिबार १३ वटा बाँदरमा भ्याक्सीनको परीक्षण गरिएको थियो । कोरोना विरुद्धको खोप विकासका लागि गरिने सबै प्रकारका प्रयासहरु थाइल्याण्डको नेशनल प्राइमेट रिसर्च सेन्टरको रेखदेखमा भैरहेको छ ।

सेन्टरका निर्देशक डा. सुचिंडा मालविजितजोंडले मेड ईन थाईल्याण्ड भ्याक्सीन युरोपेली र अमेरिकी औषधि भन्दा सस्तो हुने बताए । कोरोना भाइरस पत्ता लगाउने विषयमा सफलता पाएको थाईल्याण्ड चीनपछिको दोस्रो मुलुक हो । थाईल्याण्डले गत जनवरीमा कोरोना महामारीको पत्ता लगाएको थियो ।

थाइल्याण्डमा कोरोना भाइरसका कारण अहिलेसम्म ५७ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमितको संख्या ३ हजार ४२ पुगेको छ भने २ हजार ९ सय २८ जना निको भएका छन् । एजेन्सी

प्रतिकृया दिनुहोस