दाहसंस्कार गरिसकेका वृद्धमा कोरोना संक्रमण पुष्टि, नेपालमा मृतकको संख्या ४ पुग्यो

National medical callege birgaung

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भई अन्त्येष्टि गरिसकेका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको हो ।

वीरगञ्जस्थित प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट शंकास्पद आएपछि उनको स्वाब पुनः परीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

क्षयरोग, दम र निमोनियाबाट ग्रसित बाराका ७० वर्षीय वृद्धलाई उनको परिवारले जेठ २ गते अस्पतालको भेन्टिलेटरमा भर्ना गराएका थिए । तर, कोरोना परीक्षणको रिपोर्ट नआउँदै जेठ ४ गते राति वृद्धको मृत्यु भएको थियो । उपचारको क्रममा जेठ ४ गते राति मृत्यु भएको थियो ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेट डा. मदन उपाध्यायका अनुसार मृतक वृद्धको पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । मृतक वृद्धको पीसीआर रिपोर्ट पोजेटिभ आएपछि नेशनल मेडिकल कलेजलाई सिल गर्ने तयारी भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...