आजदेखि धनकुटा अस्पतालको ओपिडी सेवा सुचारु

Dhankuta hospital

धनकुटा । स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि बन्द भएको धनकुटा अस्पताल पुनः सञ्चालनमा आएको छ ।

गत आइतबार स्टाफ नर्समा कोरोना भेटिएपछि आइतबार रातीदेखि नै धनकुटा अस्पताललाई चारकिल्ला तोकर सिल गरिएको थियो । त्यसयता धनकुटा अस्पतालका सबै सेवाहरु ठप्प भएका थिए ।

आजदेखि भने धनकुटा अस्पतालको ओपिडी सेवा सुचारु भएको छ । गत आइतबारसम्म भने धनकुटा अस्पतालका सबै सेवा सञ्चालनमा थिए । ओपिडी सेवा बन्द हुँदा सयौं विरामीले थप समस्या भोग्न बाध्य भएका थिए ।

धनकुटा अस्पतालमा लकडाउनकै समयमा पनि धनकुटा अस्पतालमा दैनिक ८० भन्दा बढी विरामी उपचारका लागि आउने गरेको धनकुटा अस्पतालका मेडिकल सुपरिटेन्डेड डा. पुजन विश्वकर्माले बताए ।

गत आइतबार एक जना स्टाफ नर्समा कोरोना संक्रमण पुष्टि भएसँगै धनकुटा अस्पताल क्षेत्रलाई चार किल्ला तोकेर सिल गरिएको थियो । धनकुटा अस्पताललाई सिल गरिएपछि विरामीको सेवाका लागि भन्दै धनकुटा सल्लेरीमा रहेको आँखा अस्पतालबाट सेवा प्रवाह गर्ने निर्णय भए पनि आँखा अस्पतालबाट सेवा सञ्चालन हुन सकेन ।

धनकुटामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सुरक्षाकर्मीका परिवारसहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...