ब्राजिलले विवादित एन्टी–मलेरिया औषधीको प्रयोगमा अनुमती दियो

Brazil sx8nmornlk

काठमाडौँ । ब्राजिलका स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरसको द्वारा संक्रमितको उपचारका लागि दुई एन्टी–मलेरिया औषधीको अनुमती दिएको छ । क्लोरोक्विन र हाइड्रोक्सिक्लोरोक्विन कोभिड–१९ को उपचारमा प्रभावकारी हुने यस्तो कुनै पनि प्रमाण हालसम्म भेटिइसकेको छैन ।

मार्चमा ब्राजिलका राष्ट्रपति जेर बोलसोनारोले सोसल मिडियामा होइड्रोक्सिक्लोरोक्विन यो भाइरसको उपचारमा अत्यधिक प्रभावकारी भएको बताएका थिए । यद्यपि, पछि फेसबु र ट्वीटरले गलत समाचार फैलाएको भन्दै उनको पोस्ट डिलिट गरेको थियो ।

सोमबार अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसबाट बच्नका लागि आफूले हाइड्रोक्लोरोक्विन सेवन गरिरहेको बताएका थिए । तर अमेरिकी फूड एण्ड ड्रग एडमिनिस्ट्रेशनले यो औषधीलाई  सुरक्षित र प्रभावकारी नपाइएको बताएको छ ।
यो औषधीको गम्भीर दुष्परिणाम देखिएको छ । यसले आँखा र मुटुलगायत अन्य अंगमा गम्भीर असर पार्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...