चिनियाँ राष्ट्रपति सी जिनफिङ भन्छन्, कोरोनाविरुद्धको भ्याक्सिन चीनले बनाउँछ

Xi zing ping

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनफिङ कोरोना भाइरसको महामारी रोक्न आफ्नो देशले भ्याक्सिन बनाउन तयार रहेको बताएका छन् ।

कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाउने अभियानमा आफूहरु लागेको जानकारी दिदै उनले सबैको हित हुनेगरी चीनले छिट्टै भ्याक्सिन बनाउने घोषणा गरे ।

उनले भने, ‘कोभिड९१९ विरूद्धको खोप चीनमा बने त्यसको उत्पादन र वितरण सार्वजनिक सामान सरह हुनेछ । विकासशील देशहरूमा खोपको उपलब्धता र पहुँच सुनिश्चित गर्न चीनको योगदान हुनेछ।’

सोमबार विश्व स्वास्थ्य संगठनको विश्व स्वास्थ्य सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति सीले कोरोना भाइरसको महामारी नियन्त्रणमा आएपछि समीक्षा गर्नुपर्नेमा जोड दिएका छन् ।

भिडियो सम्बोधन उनले भने, ‘त्यस्तो समीक्षा डब्लुएचओको नेतृत्वमा वैज्ञानिक र व्यवसायिक रूपमा तथ्यपूर्ण र निष्पक्षताका साथ गर्नुपर्छ । हामीले सार्वजनिक स्वास्थ्यमा विश्व प्रणालीलाई मजबुद् बनाउनुपर्छ । प्रणालीमा कुनै कमजोरी देखिए त्यसलाई सुधार्दै जानुपर्छ ।’

यसअघि अमेरिका, अष्ट्रेलिया र विभिन्न पश्चिमी युरोपेली मुलुकले कोरोना भाइरसको उद्गम थलो चीनले महामारी रोक्न अपनाएको कदमबारे छानबिन हुनुपर्ने माग गर्दै आएका थिए ।

राष्ट्रपति सीले कोरोनाभाइरसको नियन्त्रणका लागि चीनले खुला, पारदर्शी र जिम्मेवारपूर्ण तरिकाले काम गरेको बताएका छन् । उनले भने, ‘हामीले डब्लुएचओ र सम्बन्धित देशहरूलाई समयमै जानकारी उपलब्ध गराएका थियौं ।’

राष्ट्रपति सीले भने डब्लुएचओको वर्तमान नेतृत्वले कोरोना महामारीविरूद्ध चालेका कदमको प्रशंसा गरेका छन् । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्ल्युएचओको आलोचना गर्दै आएका छन् । अमेरिकाले आर्थिक सहायतसमेत रोकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...