बस र ट्रक ठोक्किँदा कम्तीमा ८ को मृत्यु

Accident truck bus

काठमाडौं । भारतको उत्तर प्रदेश राज्यमा बिहीबार बिहान एक यात्रु बस र ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु भएका ती व्यक्तिहरु आप्रवासी मजदुर भएका जनाइएको छ । स्थानीय समयानुसार बिहीबार बिहान ३ बजे भएको यस घटनामा अन्य ५० जना घाइते भएका बताइएको छ । गुनाको क्यान्ट पिसको एक क्षेत्रमा भएको यस घटनामा घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरेहको छ ।

यस घटनामा ज्यान गुमाएकाहरु महाराष्ट्रबाट उत्तर प्रदेशको आफ्नै जन्म स्थानमा जाँदै गरेका जनाइएको छ । यसका घटनाको अनुसन्धान भइरहेको बताइएको छ । एजेन्सी

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...