महिला पत्रकारको प्रश्न सुनेर किन जंगिए ट्रम्प ? हेर्नुस् भिडियो

Donald trump

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा आयोजित कोरोना भाइरस प्रेस ब्रिफिङबाट रिसाएर बाहिरिएका छन् । वाइजा जियाङ नामक महिला पत्रकारको प्रश्नको उत्तर नै नदिएर चीनलाई गाली गर्दै उनी निस्किएका हुन् ।

महिला पत्रकारले सोधिन्,'किन तपाईँ परीक्षणको कुरा आउँदासाथ विश्वका अन्य देशभन्दा अमेरिकाले धेरै राम्रो गरेको भनेर प्रतिस्पर्धा गरेजस्तो गर्नुहुन्छ ? तर अमेरिकामा धेरै मानिसको मृत्यु पनि भएको र संक्रमित पनि धेरै छन् ।'

पत्रकारको प्रश्नमा ट्रम्पले उत्तर दिन्छन्, 'हो नि, संसारभर मानिसहरुको मृत्यु भएको छ । तिम्रोको प्रश्न यहीँ हो भने चाइनालाई सोध ।' जियाङ चीनमा जन्मिएकी पत्रकार हुन् । मंगोलियन अनुहार देखेर ट्रम्पले फेरि थपे, 'त्यो प्रश्न मलाई सोध्ने होइन । चीनलाई सोध । चीनलाई सोध्यौँ भने तिमीले अस्वभाविक उत्तर पाउँछौँ ।'

जियाङको प्रश्नमा उत्तर नदिएपछि सिएनएनकी अर्की महिला पत्रकार केट्लन कोलिन्सलाई प्रश्न सोध्ने पालो दिए । कोलिन्सले एकैछिन रोकिएपछि जियाङले फेरि सोध्छिन्, 'तपाईँले मलाई नै त्यसो किन भनेको ?' ट्रम्पले उनको प्रश्नको उत्तर नदिएर भने, 'न्यास्ट कोइसन ।'

आफ्नो पालोमा पत्रकार जियाङलाई प्रश्न गर्ने मौका दिएको भनेर सिएनएनकी पत्रकार केट्लनलाई पनि ट्रम्पले प्रश्न राख्न दिएनन् । अर्कोतर्फ देखाएर भने 'नेक्स्ट प्लिज' भने । अन्य पत्रकारले प्रश्न सोध्न नपाउँदै ट्रम्प रिसाएर पत्रकार सम्मेलनस्थल 'रोज गार्डन'बाट बाहिरिएका थिए ।

पत्रकार सम्मेलन कोरोना भाइरसको परीक्षण गर्ने किट र अमेरिकी अर्थतन्त्रका विषयमा केन्द्रित थियो । ट्रम्प पत्रकारसम्मेलनबाट बाहिरिएको दृश्य अहिले संसारभर भाइरल बनेको छ । एजेन्सी

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...