रसियामा कोरोना भाइरस, संक्रमितको संख्या २ लाख २१ हजार नाघ्यो

Covid 19 corona lab 1024x682

काठमाडौँ । रसियामा कोरोना भाइरस संक्रमितको संख्या २ लाख २१ हजार पुगेको छ । पछिल्लो केही केही हप्तादेखि रसियामा दिनहुँ संक्रमितको संख्या बढ्दै गएको छ । रसियामा लगातार १० हजारभन्दा बढी कोरोना भाइरस संक्रमित फेला पर्दै आइरहेका छन् ।

रसियामा सोमबारमात्रै ९४ जनाभन्दा बढीको ज्यान गएको छ । योसँगै रसियामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २००९ पुगेको छ । रसियामा २३०० जनाको अवस्था गम्भिर रहेको छ भने ३९ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् ।

रसियाका वैज्ञानिकहरु कोरोना भाइरस नियन्त्रण गर्ने भ्याक्सिन बनाउन रातदिन लागिपरेको बताइएको छ । विश्वभरका १५० भन्दा बढी वैज्ञानिकहरुको समुह भ्याक्सिन बनाउन अनुसन्धानमा खटिरहेका अन्तराष्टिय समाचार संस्थाले बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...