महिला सांसदलाई रक्ताम्मे हुनेगरी कुटपिट

 केन्या । केन्यामा एक पुरुष सांसद आफ्नी महिला सहकर्मीलाई थप्पड हानेको आरोपमा पक्राउ परेका छन् । आफ्नो निर्वाचनक्षेत्रमा बजेट नदिएको भन्दै रशिद कास्सिम नाम गरेका सांसदले फातुमा गेडी नाम गरेकी सांसदलाई आक्रमण गरेको बताइएको छ । गेडी संसद्‍को बजेट समितिमा सदस्य छिन्।

आक्रमणपछि खिचिएको दाबी गरिएको एउटा तस्बिरमा उनलाई रुँदै गरेको र उनको मुखमा रगत निस्केको देखिन्छ। उक्त तस्बिर सामाजिक सञ्जालमा व्यापक भयो । सो विषयमा पुरुष सांसदहरूले खिसीटिउरी गरेपछि महिला सांसदहरूले संसद्‌ बहिष्कार गरेका थिए ।

पूर्वोत्तर केन्याबाट संसद्‌मा निर्वाचित कास्सिमले आफ्नो निर्वाचनक्षेत्रमा किन रकम विनियोजन नगरेको भन्दै गेडीसँग संसद्‌भवनस्थित गाडी रोक्ने स्थानमा झगडा गरेको बताइएको छ ।

त्यसपछि संसद्‌मा सो विषयमा पुरुष सांसदले महिला सहकर्मीहरूलाई होच्याएको सबिना वान्जिरु चेगेले बीबीसीलाई बताइन् । हाम्रा केही पुरुष सहकर्मीले हाम्रो खिसीटिउरी गर्न थाले र यो ुथप्पड दिवसु हो भने, उनले बताइन् ।

चेगेका अनुसार उनीहरूले महिलाको सोमत हुनुपर्ने र पुरुषसँग कस्तो व्यवहार गर्ने भनेर जानेको हुनपर्ने भनेका थिए । कास्सिमलाई पक्राउ गर्नुपर्ने मागसहित महिला सांसदहरू संसद्‌बाट बाहिरिएपछि आरोप लागेका सांसद पक्राउ परेका हुन् । हामी सबै संसद्का सदस्य हौँ... हामी उनीहरूभन्दा कम छैनौँ, चेगेले भनिन् ।थप्पड हानेको आरोपबारे कास्सिमले कुनै प्रतिक्रिया दिएका छैनन् ।

प्रतिकृया दिनुहोस