के यात्रा गर्दा वान्ता हुन्छ ? यी उपाय अपनाउनुस्, यात्रामा कहिले वान्ता हुँदैन

काठमाडौं । बस, ट्याक्सी तथा हवाइजहाज चढ्दा अधिकांश मानिसले वान्ता गर्छन् । कतिपयलाई भने सवारीसाधनको गन्धले नै वान्ता गर्ने पनि हुन्छन् । वान्ता हुनु आफैँमा एक कष्टकर क्षण हो । कतिपय मानिस त झन् वान्ता भएकै कारण बिरामीसमेत हुन्छन् । 

यात्रा गर्दा शरीरका इन्द्रियहरूले सन्तुलित ढङ्गबाट आफ्नो कार्य गर्न नसक्दा वान्ता हुन्छ । यात्रा गर्दा वान्ता हुनुलाई सिकनेस अर्थात् यात्राजन्य वान्ता भनिन्छ । यो समस्या हरेक मानिमा फरक–फरक हुन्छ । कोही मानिस यात्रामा निस्कन साथ वान्ता गर्न थाल्छन् भने कसैकसैलाई लामो यात्रा गर्दा समस्या देखा पर्छ । 

शरीरलाई कमजोर बनाउनुका साथै यस्तो समस्याले यात्राको रमाइलोपन समेत हराएर जान्छ । यदि तपाइ यस्तो समस्या भोगिरहनु भएको छ भने आफैँले केहि घरेलु उपायबाट समस्याको समाधान गर्न सकिन्छ । जेठीमधु यो मधुर र स्निग्ध गुणयुक्त हुने भएकोले आमाशयको अम्लता कम गर्दछ । साथै आमाशयको वायुलाई पनि कम गर्छ । अतः यात्रा गर्दा जेठीमधुका टुक्राहरू मुखमा राखेर चुसिरहनु फाइदाजनक मानिन्छ ।

ल्वाङ्ग : ल्वाङ मुखमा राखेर चुसेर यात्रा गर्दा पनि वान्ता हुने समस्याबाट मुक्त हुन सकिन्छ ।

जामुन : जामुनको फल र यसका पातहरूमा वान्ता रोक्न सक्ने औषधीय गुण हुन्छ । जामुन पत्रको रस निकालेर यात्रा गर्नुपूर्व पिउने वा यात्राको बीचबीचमा अलिअलि रस पिउँदा पनि वान्ता हुँदैन । साथै जामुनको फल नै फलफूलका रुपमा प्रयोग गर्दा फाइदा पुग्छ ।

काँचो आँप : काँचो आँपले खानामा रुची लगाउँछ र खाना पचाउन सहयोग गर्छ । त्यही आँपको पातले वान्ता रोक्ने काम गर्छ । यसर्थ यात्रा गर्दा आँपको पातको रस निकालेर बीचबीचमा पिउने गर्नुपर्छ । यसो गर्दा वान्ता हुने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

सौंफ : सौंफले पनि वान्ता रोक्ने काममा मद्दत गर्छ । यात्राका क्रममा मुखमा सौंफ राखेर चपाइरहँदा वान्ता हुँदैन ।

अदुवा : अदुवा आयुर्वेदिक औषधिमा समेत अति नै प्रयोग गरिन्छ । साथै रुघा खोकी, अरुची आदिमा पनि अदुवाको प्रयोग गरिन्छ । दैनिक भान्सामा प्रयोग हुने अदुवामा वान्ता रोक्ने औषधीय गुण हुन्छ । यसरी यात्राका क्रममा अदुवाका टुक्रा मुखमा राखेर चुसिरहँदा वान्ता हुने समस्याबाट मुक्ति पाउन सकिन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...