गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणमा भएको अवरोध अब गीतमा (भिडियो)

काठमाडौँ । चितवनमा बन्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणमा भएको अवरोधको गीत सार्वजनिक भएको छ ।  सितराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को विषयमा तयार पारिएको गीत सार्वजनिक भएको हो । चितवनमा बन्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगाशाला निर्माणमा अवरोध आएपछि मार्मिक गीत सार्वजनिक भएको हो ।

केही दिनअघि रंगाशाला निर्माणका लागि लगाइएको बार भत्काएपछि त्यसको चौतर्फी विरोध भएको थियो । रंगाशाला निर्माणमा आएको अवरोधले धुर्मुस सुन्तली जस्ता सामाजिक अभियान्तालाई अफ्ठ्यारोमा पारेको भन्दै गीत बनाइएको हो ।

धुर्मस सुन्तलीको साथमा रवि लामिछाने, रमेश प्रसाईँजस्ता सामाजिक अभियन्ताहरुको बारेमा मार्मिक ढंगले गीत तयार पारिएको छ । दिपेन्द्र डाँगीको शब्द, संगीत तथा स्वरमा रहेको गीतमा देश निर्माण तथा सामाजिक काम जस्तो पवित्र काममा कसैले पनि अवरोध नगर्न अनुरोध गरिएको छ । डिजिटल लाइभ नेपालबाट सार्वजनिक गरिएको म्युजिक भिडियोको निर्देशन हरि डिले गरेका हुन् भने राजेश विसीको कोरियोग्राफी रहेको छ ।


Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...