दुर्घटनाका बेला श्रीमतीसँग अन्तिम भिडियो कल

काठमाडौं । श्राद्धमा सहभागी हुन ससुराल जाने क्रममा भारतको उत्तर प्रदेशको बेगुसरायको राष्ट्रिय राजमार्ग २८ मा मोटरसाइकल चलाइरहेको बेला राजाराम पण्डित ट्रकमा ठोक्किन्छन् ।

सडकमा लडेपछि उनलाई ट्रकले किच्छ । उनको एउटा खुट्टा नै चुडिन्छ । त्यसपछि उनले श्रीमतीलाई भिडियो कल गरेर आफ्नो हालत देखाउँछन् र घटनाबारे जानकारी दिन्छन् ।

त्यसपछि उनी बेहोस हुन्छन् । लगत्तै सुरक्षाकर्मीले उद्धार गरेर उनलाई अस्पताल पुर्‍याउँछन् । तर, डाक्टरहरुले बचाउन सक्दैनन् । राजारामको तीन वर्ष अगाडि मात्र बिहे भएको थियो । उनको सात महिनाको छोरी पनि छिन् । 

प्रत्यक्षदर्शीका अनुसार राजारामाले इयर फोन लगाएर मोटरसाइकल चलाएका थिए । इयर फोन लगाएको बेला गाडीको आवाज नसुनेकाले दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको छ । 

प्रतिकृया दिनुहोस