भारतमा अत्याधिक गर्मी तापक्रम ५० डिग्री नाघ्यो, ३० जनाको मृत्यु

राज्यभरका सबै मन्दिरमा पूजा गर्न आदेश

नयाँ दिल्ली । भारतमा अत्याधिक गर्मीका कारण अहिलेसम्म ३० जनाको ज्यान गएको छ । पछिल्लो केही दिनदेखि भारतभर गर्मी अत्याधिक भएको छ । गर्मीको सबैभन्दा बढी प्रभाव पश्चिमी राजस्थानमा परेको छ। त्यहाँको तापक्रम अधिकतम् ५०.८ डिग्री सेल्सियससम्म पुगेको छ । 

त्यस्तै पञ्जाव हरियाणा, उत्तरप्रदेश र दिल्लीमा पनि गर्मी तापक्रम उच्च विन्दुमा पुगेको छ। गर्मीका कारण अहिलेसम्म देशभरमा ३० जनाको मृत्यु भइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मृत्यु हुनेमा धेरैजसो राजस्थान क्षेत्रका रहेको बताइएको छ । 

थार मरुभूमिबाट आउने तातो हावाका कारण तापक्रममा वृद्धि भइरहेको त्यहाँको मौसम विभागले जनाएको छ । मौसम विभागका अनुसरा मे चारसम्म अझै तापक्रम वृद्धि हुने र त्यसपछिमात्र वर्षाको सम्भावना रहेको छ ।

लखनउको मौसम विभागका अनुसार त्यसक्षेत्रमा आइतबार हावाहुरीका साथ लखनउ, सीतापुर हरदोइ लगायतका क्षेत्रमा वर्षाको सम्भावना रहेको छ । भारतको कर्नाटक लामो समयदेखि खडेरीको चपेटामा छ ।

कर्नाटकका मुख्यमन्त्री एचडी कुमारास्वामी नेतृत्वको सरकारले सर्कुलर नै जारी गरेर असल मौसमका लागि राज्यभरका सबै मन्दिरमा पूजा गर्न आदेश दिएको छ । सरकारले १० हजार एक रुपैयाँभन्दा बढी खर्च नगर्नगरी सबै मन्दिरमा पूजा गर्न आदेश दिएको हो । भारतमा वर्षेनी ७० प्रतिशत वर्षा मनुसनका क्रममा हुन्छ जुन कृर्षिका लागि महत्वपूर्ण मानिन्छ ।

प्रतिकृया दिनुहोस