झुक्किएर आफ्नै छोरीलाई बलात्कार

काठमाडौं । बुवाले आफ्नै छोरीलाई बलात्कार गरेका छन् । ती पुरषले आफुले अध्याधिक मदिरा सेवन गरेका कारण भुल भएको बयान दिएका छन् । उनले छोरीलाई नयाँ श्रीमती सम्झिएर सम्बन्ध राखेको अदालतमा बताएका छन् । 

केही समय अगाडी मात्रै विवाह गरेका ती ५० वर्षीय पुरुषले रातको समयमा छोरीलाई बलात्कार गरेको जनाइएको छ । अत्याधिक रक्सि सेवन गरेको कारण पीडित युवतीलाई आफन्तले दुलहीको कोठामा सुताइदिएका थिए ।

खाटमा जाने अवस्थामा नरहेकी ती युवतीलाई पाहुनाहरुले दुलही कोठा सुताउँदा रातको २ बजेतिर ती युवती बलात्कृत भएको बुझिएको छ । पीडित युवती बिहानको लगभग ४ देखि ५ पटकसम्म बलात्कृत भएकी थिइन् । एउटै खाटमा नयाँ श्रीमती सम्झिएर आरोपीले छोरीलाई नै बलात्कार गरेको समाचारमा उल्लेख गरिएको छ ।  आफूलाई त्यस घटनाको खासै याद नभएको र आफू झुक्किएको आरोपीले बयान दिएका छन् ।

अदालतमा पेश गरिएको बयानमा भनिएको छ,‘पीडित युवती माथि बलात्कार २ देखि ३  बजेको समय अन्तरालमा भएको हो । पिडित युवतीले कुकर्म रोक्न बिन्ति गर्दा पनि पिताले भने लगातार बलात्कार गरिरहे ।’

रक्सिको नशामा रहेको हुँदा प्रतिकार गर्न नसकेको युवतीले अदालतमा बयान दिएपछि आरोपी पितालाई २ वर्ष ६ महिना जेल सजाय सुनाएको हो । पहिलो श्रीमतीबाट जन्मिएकी छोरीसँग आरोपी कयौं वर्ष देखि सम्पर्कमा थिएनन् । आफ्नो विवाहकै लागि उनले छोरीलाई निमन्त्रणा पठाएर डाकेका थिए ।

प्रतिकृया दिनुहोस