नेपालले आज मलेसियासँग अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौ । नेपाली राष्ट्रिय फुटबल टिमले आज (आइतबार) मलेसियासँग अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले मलेसियासँग उसैको मैदान बुरीत जालिल राष्ट्रिय मैदानमा प्रतिस्पर्धा गर्नेछ । नेपाल र मलेसियाबीचको खेल नेपाली समय अनुसार राति पौने आठ बजे सुरु हुनेछ ।

नेपाल मलेसियालाई पराजित गर्ने लक्ष्यसहित मैदान उत्रने छ । मुख्य प्रशिक्षक योहान कालिनले बलियो टिम मलेसियालाई चुनौती दिन आफु तयार रहेको बताएका छन् । ‘मलेसियासँग खेल्न तयार छौँ ।’ कालिनले भने ‘मलेसियन टिम नेपालभन्दा बलियो छ । हामी राम्रो फुटबल खेल्दै जित्नको लागि खेल्नेछौँ ।’

विश्वकप छनोटको तयारीमा रहेको नेपालले विशेष तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो । मुख्य प्रशिक्षक योहान कालिनले स्ट्राइकरद्वय विमल घर्ति मगर र भरत खवासलाई टिम बाहिर राख्दै नेपाली टिम तयार गरेका छन् । उनले फरवार्ड लाईनमा अभिषेक रिजाललाई मौका दिएका छन् ।

फिफा वरियतामा नेपाल १ सय ६१ औं स्थानमा रहँदा मलेसिया १ सय ६८ औ स्थानमा रहेको छ । फिफा वरियतामा नेपाल माथि देखिएपनि प्राविधिक रुपमा मलेसिया बलियो टिम हो ।

मलेसियासंगको खेलपनि नेपाल अर्को मैत्रीपूर्ण खेल खेल्न चाईनिज ताईपे जाने छन् ।

प्रतिकृया दिनुहोस