सोनिया गान्धी भारतीय कांग्रेस संसदीय दलकी नेतृ

नयाँ दिल्ली ।  संयुक्त प्रगतिशील गठबन्धन (यूपीए) की प्रमुख सोनिया गान्धी कांग्रेस संसदीय दलकी नेतृका रुपमा चुनिएकी छिन् । शनिबार कांग्रेसका लोकसभाका लागि नवनिर्वाचित ५२ सदस्यहरु र राज्यसभा सांसदहरुले संसदको केन्द्रीय सभामा भएको बैठकमा सोनिया गान्धीलाई कांग्रेस पार्टीको संसदीय दलकी नेतृका रुपमा चुनिएको हो । संसदीय दलमा लोकसभा र राज्यसभाका सदस्यहरु हुन्छन् ।

जम्मा ५२ सांसदको मद्दतमा कांग्रेसका नेताले प्रतिपक्षको पद यस वर्ष पनि पाउने छैनन् । नियमका अनुसार नेताले प्रतिपक्ष पद पाउनका लागि पार्टीको कुल संसदीय सिटको १० प्रतिशत सिट अनिवार्य हुन्छ । लोकसभामा सदस्यको संख्या ५४५ छ र कांग्रेसका नेताले प्रतिपक्षको पद प्राप्त गर्न तीन सिट संख्या कम छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...