पाकिस्तानी सेनाका उच्च अधिकारीलाई मृत्युदण्डको फैसला, जासुसी गरेको आरोप

एजेन्सी । पाकिस्तानले जासुसीको आरोपमा सेनाका एक ब्रिगेडियर र एक सरकारी अधिकारीलाई मृत्युदण्डको फैसला सुनाएको छ । सैनिक अदालतले सेनाका पूर्व जनरललाई जन्मकैदको फैसला गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

उनीहरुमाथि विदेशी कूटनीतिक नियोग तथा एजेन्सीहरुलाई गम्भीर प्रकृतिका सूचनाहरु प्रवाह गरेको आरोप रहेको पाकिस्तानले सेनाले बताएको छ । पाकिस्तानका सेना प्रमुख जनरल क्वामर जावेद बाज्वाले सजायको समर्थन गरेको बताइएको छ ।

उनीहरुले कुन विदेशी एजेन्सीलाई सूचना प्रवाह गरेका हुन् भन्ने खुलाइएको छैन । तर उनीहरुले अमेरिकी गुप्तचर निकाय सिआइएलाई सूचना दिएको आरोप रहेको अनुमान छ । अवकास प्राप्त लेफ्टिनेन्ट जनरल जावेद इक्बाललाई १४ वर्षको श्रम कदै फैसला गरिएको छ, पाकिस्तानमा यसलाई जन्मकैद मानिन्छ ।

सेवामा रहेका बेला इक्वाल सेनाको महत्वपूर्ण जिम्मेवारीमा थिए । उनले देश भित्र र बाहिर अवलम्बन गरिने सैने रणनीति बनाउनेसहितका जिम्मेवारी सम्हालेका थिए । यस्तै उनले सेनाको अनुशासन तथा पारदर्शिता समितिमा रहेर पनि काम गरेका थिए ।

सेनाका पूर्व ब्रिगेडियर राजा रिज्वानलाई मृत्युदण्डको फैसला भएको छ । यस्तै सरकारको संवेदनशील संस्थामा कार्यरत वासिम अक्रम नाम गरेका डाक्टरलाई पनि मृत्युदण्डको फैसला भएको छ । सैनिक अदालतले गरेको यो फैसला विरुद्ध उनीहरुले अपिल भने गर्न पाउने छन् ।

प्रतिकृया दिनुहोस