मोदी बने भारतको १५ औँ प्रधानमन्त्री, मोदीले सपथ लिँदा अटाइनन् शुष्मा स्वराज

काठमाडौं । भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि शपथ लिएका छन् । भारतको १५ औँ प्रधानमन्त्रीका रूपमा मोदीले शपथ लिएका हुन् । 

स्थानीय समयअनुसार बिहीबार साँझ ७ बजेर ४ मिनेटमा मोदीले भारतको १५औँ प्रधानमन्त्रीका रुपमा सपथ लिएका हुन् । प्रधानमन्त्री मोदी र मन्त्रीहरूलाई राष्ट्रपति रामनाथ कोविन्दले शपथ दिलाए । भारतमा १७औँ लोकसभा चुनावमा भारतीय जनता पार्टी (बीजेपी) ले ३०२ मतसहित विजयी भएको थियो । नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्रीका रुपमा सपथ ग्रहण गरेका छन् । 

नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा विदेशी पाहुनासहित झण्डै ६ हजार व्यक्तिका बीच भारतीय राष्ट्रपति रामनाथ कोविन्दले नरेन्द्र मोदी र मन्त्रिमण्डलका सदस्यहरुलाई सपथ खुवाए । नरेन्द्र मोदीको सपथ ग्रहण कार्यक्रममा किर्गिस्तानका राष्ट्रपति सुरोनबी जीनबेकोव तथा बिमस्टेक राष्ट्रका सरकार प्रमुखहरु उपस्थित भए । मोदीको सपथ ग्रहणमा सहभागी हुने विशिष्ट पाहुनाहरुमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, भुटानका प्रधानमन्त्री लोते छिरिङ, थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा र मौरिससका प्रधानमन्त्री प्रविन्द जगनाथ छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा भारतीय कांग्रेस अध्यक्ष राहुल गान्धी तथा यूपीए अध्यक्ष सोनिया गान्धी पनि उपस्थित थिए ।  

मोदीको दोस्रो कार्यकालमा मन्त्रिमण्डलमा भने केही फेरबदल भएको छ । यस पटक बीजेपी अध्यक्ष अमित शाहलगायत केही नयाँ अनुहार मन्त्रिमण्डलमा समेटिएका छन् । भारतका पूर्व विदेश सचिव एस जयशंकरसमेत मोदी सरकारमा समेटिएका छन् । 

मोदीसँगै उनको टिमका मन्त्रीहरूले पनि शपथ लिएका छन् । जसमा भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह, राजनाथ सिंह, नितिन गडकरी, निर्मला सीतारमण, स्मृति इरानीलगायत रहेका छन् । यी नामहरू भाजपालाई चिन्ने र मोदीको पहिलो कार्यकालमा पनि चर्चित थिए । तर, मोदीको पहिलो कार्यकाल र भारतीय जनता पार्टीमा लामो समयदेखि प्रमुख नेता रहँदै आएकी निवर्तमान विदेशमन्त्री सुष्मा स्वराज भने दोस्रो कार्यकालका लागि मन्त्री बन्ने छैनन् ।

मोदीको दोस्रो कार्यकालको टिममा सुष्मा स्वराज नअटाएकी हुन् । सुष्माले लोकसभा निर्वाचनको केही पहिले उम्मेदवार नबन्ने र राजनीतिबाट विदा लिने घोषणा गरेकी थिइन् । उनी स्वास्थ्यका कारण राजनीतिबाट बाहिरिन चाहेको बताएकी थिइन ।

सुष्माको विदेश मन्त्रालयको जिम्मेदारी पूर्वविदेश सचिव एस जयशंकरलाई दिने बताइएको छ । जयशंकरले शपथ ग्रहण गरेका छन् । उनी लामो समय भारतीय विदेश सेवामा रहेका थिए ।

प्रतिकृया दिनुहोस