युवतीको पेटबाट लागूपदार्थ कोकेनका ६५ क्याप्सुल बरामद

काठमाडौं । भारतको राजधानी दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भेनेजुएलाकी एक युवतीको पेटबाट कोकेनका ६५ वटा क्याप्सुल बरामद भएका छ ।

गोप्य सूचनाका आधारमा यी युवतीलाई पक्राउ गरिएको लागूऔषध अनुसन्धानका अधिकारीले बताए । सूचना पाएपछि एयरपोर्टमा टीम सतर्क भयो । युवती आइपुग्नेबित्तिकै टीमले उनलाई पक्राउ गरिहाल्यो । 

प्रारम्भिक अनुसन्धानमा युवतीको सामानमा कुनै सन्देहजनक सामान बरामद भएन तर उनको हाउभाउ हेर्दा अधिकारीहरूले शरीरमा लागूऔषध लुकाएको शंका गरे । त्यसपछि युवतीलाई सरकारी अस्पताल लगियो ।

चिकित्सकहरूले युवतीको पेटमा क्याप्सुल जस्ता आकृति देखे । पछि पेटबाट ६५ वटा क्याप्सुल बरामद भयो । तिनमा कोकेन हालेको पाइयो । युवती अदिस अबाबाबाट आएको विमानमा दिल्ली आइपुगेकी थिइन् । त्यहाँ नै उनको पेटमा क्याप्सुल हालिएको थियो ।

प्रतिकृया दिनुहोस