सावित्रा भण्डारी भारतीय लिगमा उत्कृष्ट

काठमाडौँ ।  नेपाली स्ट्राइकर सावित्रा भण्डारीको निर्णायक गोलसँगै उनले खेल्ने तमिलनाडुको टोली सेथु एफसीले भारतमा जारी भारतीय महिला फुटबल लिग, इन्डियन विमिन्स लिग, आईडब्लूएलको उपाधि जितेको छ ।

भारतको पञ्जाबस्थित गुरु नानक रंगशालामा भएको फाइनलमा सेथु स्पोर्ट्सले मणिपुर पुलिस स्पोर्ट्स क्लब विरुद्ध १ गोलले पछि परेको अवस्थामा ३ गोल फर्काउँदै उपाधि आफ्नो पक्षमा पारेको हो ।

प्रतिद्वन्द्वी मणिपुर पुलिसविरुद्धको लिगको पहिलो खेलमा मैदान छिरेको २८ सेकेन्डमा नै गोल गरेर प्रतियोगिताको शुरुआत गरेकी स्ट्राइकर सावित्राले सोही क्बल विरुद्धको फाइनलमा उपाधि जिताउने २ गोल गरेर भारतीय लिगको व्यावसायिक खेल यात्रा टुंग्याएकी छिन् ।

खेल १(१ को बराबरीमा चलिरहेको बेला सावित्राले खेलको ६१ औं मिनेटमा टोलीलाई अग्रता दिलाएकी थिइन् भने ७० औं मिनेटमा अर्को गोल थप्दै उपाधि पक्का गरेकी थिइन् । स्ट्राइकर भण्डारी सहित नेपाली मिडफिल्डर अनिता बस्नेतले भारतीय लिगमा पहिलो पटक यो सिजनमा प्रवेश गरेका हुन् ।

जसमा स्ट्राइकर भण्डारीले खेलेका हरेक खेलहरुमा गोल गरेकी थिइन् । मैदानमा एकजना विदेशी खेलाडी मात्र खेलाउन पाइने नियमका कारण अनिताले भने धेरै मौका पाइनन् ।

प्रतियोगिताको मुख्य खेलाडी बन्न सफल सावित्राले भने प्रतियोगिता भरीमा १६ गोल गरिन्, जसमा २ वटा ह्याट्रिक सामेल छ । मणिपुर विरुद्धको पहिलो खेलमा ४ गोल गरेकी सावित्राले सेमिफाइलनमा एसएसबी सेन्ट्रल वुमन्स फुटबल क्लबलाई ८–१ को फराकिलो अन्तरले पराजित गर्दा पनि ४ गोल गरेकी थिइन् ।

आइडब्लुएलको यो तेस्रो संस्करण हो । नेपाली खेलाडी अनुबन्धित भएको भने यो पहिलो पटक हो । स्ट्राइकर भण्डारी भारु ८५ हजार र मिडफिल्डर अनिता बस्नेत भारु ६५ हजारमा सेथु फुटबल क्लबबाट अनुबन्धित भएका बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...