बलिउडमा विहे अघि नै सन्तान जन्माउँछन् नायीकाहरु !

मुम्बई । कुनै बेला सन्तान जन्माउन बिहे जरुरी ठान्ने सामाजिक मान्यता बिस्तारै भत्कँदै छ । त्यसमा पनि बेलाबेला बलिउडमा नायिकाहरू बिहे अगाडि नै आमा बन्न लागेको खबर बाहिरिने गर्छ । त्यसले तहल्का नै पिट्छ ।

केही समयअघि बलिउड नायिका एमी ज्याकसनले बिहे नगरी आफू आमा बन्न लागेको खुलासा गरेकी थिइन् । मोडल तथा नायिका ब्रुना अब्दुल्लाह पनि बिहे नगरी आमा बन्न लागेको खबर बाहिरिएको छ । ब्रुना बाज्रिलियन मोडल हुन् ।

उनले ग्रान्ड मस्ती, हेट लभ स्टोरी, क्यास, जय हो, देशी ब्वाइज, मस्तिजादे लगायतका हिन्दी फिल्ममा अभिनय गरिसकेकी छन् । यसका साथै विभिन्न रियालिटी सो, कमेडी क्लासमा पनि काम गरेकी छन् । ब्रुनाले गत जुलाईमा बेलायती प्रेमी एलान फ्रेजरसँग इन्गेजमेन्ट गरेकी हुन् ।

ब्रुनाले आफू प्रेमीसँग निकै खुसी रहेको बताउँदै सन्तान जन्माउन बिहेभन्दा पनि आपसी समझदारी चाहिने बताएकी छन् । उनी भन्छिन्, ‘विवाह प्रेमीलाई दिइने प्रमाणपत्र मात्रै भएकाले बच्चा जन्माउनुमा बिहे हुनु र नहुनुले असर पार्दैन ।’ हाल उनी पाँच महिनाकी गर्भवती छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...