वडाअध्यक्ष र प्रहरीको सक्रियतामा रोकियो बालविबाह

सिरहा । १५वर्षको  कलिलो उमेरमा अभिभाबकले एक बालिकालाई  आफन्तको घरमा लगेर विवाह गराउन थालेका थिए । ति हुन, हालको मिर्चैया नगरपालिका १२ स्थित सिक्रौन  गाउँ कि एक बालिका, गएराति ति बालिकाको बालविवाह रोकिएको छ। किशोर अवस्था पनि पार नगरेकी बालिकाको  अभिभावकले आफन्तको घरमा लगेर विवाह गराउन थालेका थिए।

 स्थानीय वडाअध्यक्ष र प्रहरीको सक्रियतामा उनको विवाह रोकिएको हो। विवाह रोकिएपछि जन्ती बाटोबाटै फर्केका छन्।

लहान नगरपालिका २४ की सियाकुमारी कामैतको अभिभावकले १५ वर्षकै उमेर विवाह तय गरिदिएका थिए। आफ्नो गाउँमा कम उमेर विवाह नगराउन दबाब आएपछि उनको बुबा ओपिन्दर कामैतले आफ्न्तको घर सिक्रौन पुगेर लुकाएर विवाह गर्ने चाजोपाजो मिलाएका थिए।

बालिकाको उमेर नपुगेका थाहा पाएपछि अधिकारकर्मीले प्रहरीलाई खबर गरेको थियो। जन्ती आउनुअघि नै गाउँमा प्रहरी पुगेका थिए। सिक्रौनका वडाअध्यक्ष तपेश्वर यादव र प्रहरी मिलेर वालविह रोकेका छन्।

‘खबर पाउनसाथ हामी विवाह हुने घरमा पुग्यौँ,’ वडाअध्यक्ष यादवले भने, ‘सम्झाइ बुझाइ गरी विवाह रोकिएको छ।’ जन्मदर्ता अनुसार बालिकाको जन्म २०६० असोज १८ गते भएको उल्लेख छ। 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...