३३ लाख ठगी गर्न पक्राउ

वालिङ  । जग्गा बेच्ने भन्दै विभिन्न व्यक्तिबाट रकम ठगी गरेको आरोपमा पुतलीबजार नगरपालिका बस्ने सुनिता थापालाई प्रहरीले पक्राउ गरेको छ ।

थापाको नाममा पुतलीबजार नगरपालिका–३ आम्बोटमा बाटोले छोएको मूल्यवान घरसहितको जग्गा रहेको र उक्त जग्गा अरुलाई दिनुभन्दा तपाईंलाई नै दिउँला भनी विभिन्न समयमा १५ जनाबाट रकम लिएपछि यही वैशाख १० गते पीडितले प्रहरीमा जाहेरी दिएका थिए ।

थापा र उनका श्रीमान् हुमबहादुरले विभिन्न समयमा रकम लिएको र हानी नोक्सानी पु¥याएको भन्दै पीडितले जाहेरी दिएपछि प्रहरीले श्रीमती थापालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

उनका अनुसार,“खोजतलास गर्ने क्रममा श्रीमती थापालाई पक्राउ गरी स्याङ्जा जिल्ला अदालतमा थप अुनसन्धानका लागि सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेका छौँ ।” थापा दम्पतीले १५ जनाबाट ३३ लाख ३९ हजार ठगी गरेको जाहेरी प्रहरीमा रहेको पनि बताए । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...