नेपाल अर्बुद रोग निवारण संस्थाले क्यान्सर परीक्षण शिविर गर्ने

काठमाडौँ । पछिल्लो समय बिकराल रुप लिइरहेको क्यान्सर रोगबारे जनचेतना जगाउने उदेश्यले भक्तपुरमा रहेको नेपाल अर्बुद रोग निवारण संस्थाले देशका बिभिन्न स्थानमा क्यान्सर रोग परिक्षण शिविरको आयोजना गर्ने भएको छ । उक्त संस्थाले वैशाख ६ गतेदेखि क्यान्सर रोग परीक्षण शिविर तथा जनचेतना कार्यक्रमको आयोजना गरेको छ ।

शिविर नेपाल अर्बुद रोग निवारण संस्थाका केन्द्रीय अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ ‘इश्वर’ को नेतृत्वमा भइरहेको छ । समयमा उपचार गर्नसके निको हुनसक्छ भन्ने सन्देश दिनको लागि शिविरको आयोजना गरिएको केद्रिय अध्यक्ष श्रेष्ठले जानकारी दिए । भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा उक्त शिविर हुन लागेको छ । सिराहा जिल्लाको लहान नगरपालिकामा वैशाख ७ गते, धनकुटा जिल्लाको परेवादिन, सिधुवामा ९ गते, धनकुटा नगरपालिका वडा नम्बर २ मा १० गते, धनकुटा जिल्ला अस्पतालमा ११ गते र सप्तरी जिल्लाको राजविराजमा १३ गते शिविर सञ्चालन हुनेछ ।

क्यान्सर रोग परिक्षण शिविरमा भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. प्रभुप्रसाद शाह, गाइनेकोलोजिष्ट डा.उषा बाँडे श्रेष्ठ, मेडिकल अफिसर डा. मुना कार्की र प्राविधिक तथा स्वयम्सेवक सहितको १८ जनाको टोली शिविरमा संलग्न रहने श्रेष्ठले बताए ।

शिविरमा महिलाको पाठेघरको मुखको क्यान्सर (प्याप स्मियर तथा भि.आइ.ए) निःशुल्क परीक्षण गरिनेछ । साथै क्यान्सरको लक्षण देखिएका व्यक्तिहरुलाई भक्तपुर क्यान्सर अस्पतालमा उपचारको लागि सिफारिस गरी आवश्यक सहयोग गर्ने पनि केन्द्रीय अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

नेपाल अर्बुद रोग निवारण संस्थाले विगतका वर्षहरुमा पनि नेपालका विभिन्न जिल्लाहरुमा शिविरको आयोजना गर्दे आइरहेको छ । यस शिविरबाट प्रदेश नं १ र २ मा गरी करिब ५ हजार महिलाहरुको स्वास्थ्य परीक्षण गर्ने लक्ष्य लिएकोे छ । केन्द्रीय अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ ‘इश्वर’ सहितको टोली शिविरका लागि तयारी रहेको संस्थाले जनाएको छ । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...