आज आईतवार, तपाईको राशिफल यस्तो छ

Surya dev rasifal sunday

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 

मुद्दा मामिला तथा न्यायिक निकायबाट हुने निर्णयहरु पछिको लागि सार्नु नै उपयूक्त हुनेछ किनकि आज आउने फैसला तपाईको पक्षमा हुने छैन । व्यापार व्यावसायमा समय दिएपनि आम्दानि कम हुनेछ भने खर्च बढ्नाले आर्थिक व्यावस्थापन गर्न असजिलो हुनेछ । नोकरि तथा पढाईमा हुने प्रतिष्पर्धामा विजय हुन कडा मेहनेत गर्नु पर्नेछ । पुराना समस्या पुनह बल्झन तथा ऋण लाग्नेछ ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 

उद्योग तथा व्यापार व्यावसायमा ध्यान नदिदा घाटा सहनुपर्ला । यात्रा गर्दा ध्यान दिनुहोला दुख पाईनेछ । दाजुभाई तथा छिमेकिको साथ नपाईने हुदा मन खिन्न रहनेछ । मुद्दा मामिला तथा प्र्रतिश्पर्धामा तपाईको पक्षमा निर्णय नआउदा मानशिक तनाव बढ्नेछ । बिद्यामा गरिएको लगानिबाट सन्तोषजनक नतिजा आउनेछ । प्रयण सम्बन्धमा चिसोपन बढ्ने भएपनि अन्तत एक अर्कालाई बुझ्दै अगाडि बढ्न सकिनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) 

पारिवारिक जमघटमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बोलिको प्रभाब बढ्ने हुनाले महत्वपुर्ण निर्णयहरु आजको दिन गर्नु उपयुक्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निको सहयोगले राम्रा काम गर्न सकिनेछ  । कुटुम्बबाट तपाईले गरेको काममा सहयोग प्राप्त हुनेछ । पढाई लेखाईमा सफलता हात लाग्ने योग रहेकोछ । व्यापार व्याव्वसायबाट प्रशस्त नाँफा कमाउँन सकिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

परिवार तथा आफन्तजनमा आत्मियताको भाव बढ्नेछ भने माया प्रेममा नजिक हुँने समय रहेकोछ । व्यापार बिस्तार गरि भनेजस्तो लाभ लिन सकिने तथा बिभिन्न क्षेत्रमा लगानि गरि आम्दानिका स्रोतहरु बिस्तार गर्न सकिनेछ । पढाई लेखाईमा मन जाने हुनालेअन्य प्रतिष्पर्धिहरुलाई टप्न सकिनेछ भने सबैको धन्यवादको पात्र हुँदा मन प्रशन्न रहनेछ । राजनिति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट सेवा सुबिधा प्राप्त गर्न सक्नेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 

विदेशि सामानको व्यापार व्यावसायबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ भने कर्म प्राप्तिको निम्ति लामो दुरिको बिदेश यात्रा हुँने योग रहेकोछ । पढाई लेखाईमा सुधार हुँदै जाने तथा अलि बढि मेहेनेत गर्दा पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । अग्रज तथा आफन्तहरुको सल्लाह बमोजिम अगाडि बढ्नुहोला गन्तब्य पहिल्याउँन सहज हुनेछ । समयमा काम बन्ने हुनाले मान सम्मानमा बृद्धि भएर जानेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) 

भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्ना घट्न सक्छ । प्राकृतिक स्रोत तथा सरकारि धनको सहि परिचालन गर्न नसक्दा आम्दानिका बाटाहरु साघुरा हुँनेछन् । पढाई लेखाई तपाई आफ्नै कारणले बिग्रनेछ भने मनोबल कमजोर हुँने हुँदा अरु प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । प्रेममा एक अर्का बिच बैमनस्यता बढेर जाने योग रहेकोछ भने जीवन साथिसँग अबिश्वास बढेर जानेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) 

मान सम्मान तथा ईज्जत प्रतिश्ठामा दाग लाग्न सक्छ काम गर्दा ख्याल गर्नुहोला । सरकारि सेवामा झन्झटिला प्रक्रिया अबलम्बन गर्नुपर्दा मानशिक तनाब बढ्नेछ । राज्जबाट गलत आक्षेपहरु लाग्न सक्छ । बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछाडि परिनेछ । ब्यापार ब्याबसायमा नाफा कमाउन निकैनै समय दिनु पर्नेछ । बिहानको समय उत्तम रहेकोले अध्ययन तथा अध्यापनमा सफलता प्राप्त गर्न सकिनेछ भने धार्मिक स्थल तथा लामो दुरिको यात्राको तय हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 

अध्ययनको शिलशिलामा लामो दुरिको यात्रा गर्न सकिनेछ । धर्म कर्ममा मन जाने हुनालेदिनभर जसो मन शान्त रहनेछ । सरकारि तथा प्रशासनि क्षेत्रमा सेवा प्रभाह गर्नेहरुलाई रिजाएरु महत्वपुर्ण काम दिन सकिनेछ । पढाई लेखाईमा सुधार भएर जानेछ भने नतिजाको आफैतिर ल्याउँन सकिनेछ । माया प्रेममा नजिक हुँने समय रहेकोछ भने एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ । व्यापारमा थोरै लगानि र थोरै समय दिएपनि मनग्गे नाँफा कमाउँन सकिनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 

समय मध्ययम रहेकोले कुनै व्यापार व्यावसायमा लगानि गर्नको लागि केहि दिन कुर्नुहोला । आर्थिक व्यावस्थापनका लागि गरिने कामहरु अन्तिम निष्कर्षमा नपुगि बिचमानै अवरुद्ध हुन सक्छन् , ध्यान दिनुहोला । हरेक क्षेत्रमा अवसरवादि हावि हुनाले कामहरु समयमा सम्पन्न हुँदैनन् । पढाई लेखाईमा एकरुपमा नहुदा अरुभन्दा पछ परिनेछ । माया प्रेममा अबिश्वास तथा धोका हुने अधिक सम्भावना रहेकोछ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 

साझेदारि व्यापार व्यावसायबाट प्रशस्त नाँफा कमाउन सकिनेछ । पर्यटन सम्बन्धि व्यावसाय फस्टायर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने हुदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा पति पत्नि बिचको सम्बन्धको गाठो कसिलो भएर जानेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारिनेछ । वैदेशिक यात्राको सम्भावना निकै बलियो रहेको छ । साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 

पैत्रिक घर जग्गामा गरिने व्यापार व्यावसाय फस्टाएर जानेछ । कृषि तथा पशुपालनमा रुपैया पैसा लगानि गरि आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । आफन्त तथा समाजका बौद्धिक व्यात्तित्वहरु सँग बिवाद हुने योग रहेकोछ । खानपान तथा मौषमको  ख्याल गर्नुहोला छाति तथा श्वास प्रश्वास सम्बन्धि समस्या आउन सक्छ । अरुकै लहैलहैमा लागेर आफ्नो सस्कार भुल्दा पछि गएर पछुतो हुने ग्रहयोग रहेकोछ । अध्ययनमा अलि बढि समय खर्चिय नतिजा आफ्नौ पक्षमा पार्न सकिनेछ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) 

स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नया नया काम गर्ने जोस जागर बढेर आउनेछ । माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसि भएको महशुस गर्नेछन् । रमाईलो यात्राको तय हुँने तथा व्यापारबाट मनग्गे नाफा कमाउन सकिनेछ । अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । आकश्मिक धन तथा भौतिक सम्पति लाभ हुनेछ भने शेयर बजारमा गरेको लगानि फस्टाएर जानेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...