आज कस्तो होला तपाईको आजको दिन ? हेर्नुस् राशीफल

Rashi budhabar shreekrishna

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 

अध्ययनमा मन जानेछ भने सफल हुने सुत्र पत्ता लगाउन सकिने हुँदा नतिजा आफैंतिर ल्याउन सकिनेछ । व्यापार व्यावसायमा लगानि गरि मनग्गे धन तथा सम्पति कमाउन सकिनेछ भने स्कुल कलेजमा गरिएको लगानिबाट प्रशस्त आम्दानि हुनेछ । माया प्रेमका कोपिलाहरु फक्रियर जानेछन् भने नयाँ ठाउँबाट प्रेम प्रस्ताब आउँनेछ । आकस्मिक धन तथा सम्पति हात लागि हुने योग रहेकोछ । आष मारेको काम बन्नाले मन प्रशन्न हुनेछ । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 

राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले सर्बसाधारणसँग सन्तुलित व्याबहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा आघात पुग्नेछ । अध्ययन अध्यापनमा तपाईको कमजोर उपश्थितिको फाईदा अरुले उठाउन सक्छन् ध्यान दिनुहोला । आमा वा आमा सरहका मानिससँग टाडिएर देश परदेशको यात्रा गर्दा मन बिचलित हुनेछ । व्यापार व्यावसायमा न्यून नाँफाहुने हुनाले दैनिकि कष्टकर हुनेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा मनमुटावको अवस्था सिर्जना हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) 

बादबिवाद तथा प्रतिस्पर्धामा तपाईकै जित हुनेछ भने मुद्दा मामिला तथा न्यालयबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछन् । दाजुभाई तथा छिमेकिसँगको सम्बन्ध सुदृड भएर जानेछ । बिद्या बिद्यार्थीहरुले सफलता प्राप्त गर्न सक्नेछन् । छोटो तथा रमाईलो यात्राको तय हुनेछ । माया प्रेम तथा पति पत्नि बिच विश्वासको बाताबरणमा थप प्रगाडता आउनेछ । जिवन शैलिमा सुधार हुनुको साथै समयको महत्व बुझ्दा अगाडि बढ्न सहज हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

मिठो मसिनो तथा स्वादिष्ट भोजनका साथ रमाईलो गर्दै दिन कटाउन सकिनेछ । बोलीको प्रभाव बढ्ने तथा थोरै बोलेर महत्वपुर्ण कामहरु फत्ते गर्न सकिनेछ । प्रेम प्रसङमा आफुले मायालुलाई आफ्नै वरिपरि देख्न पाउँदा मन खुसी हुनेछ भने पति पत्निबीच मायाको डोरे कसिलो भएर जानेछ । फेसेनेवल तथा बिलासी सामानको व्यापार व्यवसायबाट मनग्गे आम्दानि गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले नतिजा तपाईकै पोल्टोमा पर्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 

समय र परिस्थितिको राम्रोसँग अध्ययन गरेर काम कामहरु थालनी गर्नुहोला । अरुको सल्लाह तथा सुझाब मान्दा व्यापार व्यावसायमा लगानि फस्ने योग रहेकोछ । राजनिति तथा समाजसेवामा कमाएको ईज्जत प्रतिष्ठा यथास्थानमा राख्न हम्मे हम्मे पर्नेछ । भौतिक सम्पति तथा विलाशि वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । घर परिवार तथा आफन्तजनसँग मनमुटाव बढ्ने योग रहेकोछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) 

काम गर्दा बिशेष सावधानी अपनाउनुहोला समयमा नसकिने हुँदा मान सम्मानमा कमि हुनेछ । बाहिरि वाताबरण तथा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउनेछ । व्यापार व्यावसायमा मन्दि आउनेछ भने बिदेशि लगानिबाट सञ्चालित उद्योग तथा व्यावसाय फस्टाएर जानेछ । कर्म प्राप्तिको लागि लामो दुरिको यात्रा हुने अधिक सम्भावना रहेकोछ । पढाई लेखाईमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) 

व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आउने आम्दानिले उत्साह जगाउनेछ । पानी तथा खनिज पदार्थको व्यावसायबाट मोटो रकम हात लागि हुने योग रहेकोछ । प्राकृतिक स्रोत तथा पैत्रिक सम्पतिको प्रयोग गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाई लेखाईमा अरुभन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ भने शिक्षा क्षेत्रसँग सम्बन्धित काममा बिषेश रुचि बढ्नेछ । 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 

व्यापार व्यावसायमा लगानि गरि रोजगारिका अवसर सिर्जना गर्न सकिने तथा आम्दानिका स्रोतहरु फराकिला बनाउन सकिनेछ । नयाँ काम पाउने तथा अनुकुल स्थानमा स्थानान्तरणको गतिलो सम्भावना रहेकोछ । पढाई लेखाईमा अन्य प्रतिष्पर्धिभन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ । नयाँ ठाउँबाट प्रेम प्रस्ताब आउँने तथा पति पत्निबीच एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 

साथिभाई तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा धर्म तथा सस्कृतिसँग सम्बन्धित सामानको कारोबार फस्टाएर जानेछ । अध्ययनमा सुधार हुने तथा शिक्षासँग सम्बन्धित कामहरु समयमा नै सम्पन्न हुनेछन् । माया प्रेमको डोरो कसिलो भएर जानेछ । प्रशासन तथा सेवा सम्बन्धित कामहरु समयमा नै सम्पन्न हुने हुदा मन प्रशन्न रहनेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 

बाटो हिड्दा वा सवारि चलाउँदा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । पानीसँग सम्बन्धित व्यावसाय खस्केर जाने योग रहेकोछ । स्वास्थ्यमा समस्या देखापर्ने तथा औषधि उपचार खर्च बढ्ने योग रहेकोछ । मन कमजोर हुने हुँदा पढाई लेखाईमा मन जाने छैन भने अरुभन्दा पछि परिनेछ । परिस्थितिले ऋण लगाउने तथा बिभिन्न समस्याहरुको सामना गर्नुपर्नेछ । घर परिवारमा आफन्तबीच मनमुटाव बढ्ने तथा माया प्रेममा गलत बुझाईले समस्या निम्त्याउन सक्छ सचेर रहनुहोला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 

व्यावसायिक यात्रा हुने भएपनि गन्तब्यमा पुग्नु अगाबै बिभिन्न समस्याहरुको फेस गर्नु पर्नेछ । भौतिक सम्पति तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाहरुको सामना गर्नुपर्नेछ । विलासी जीवन जीउन खोज्दा पढाई लेखाई तथा खोज अनुशन्धानको क्षेत्रमा कमजोर उपस्थिति रहनेछ । जीवन साथि सँग मनमुटाब बढ्ने हुनाले दैनिक काम गर्न मन जाने छैन । ऋण लाग्ने तथा संकटको सामना गर्नुपर्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) 

रमाईलो बाताबरणमा आफन्तसँग सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिवाद तथा प्रतिष्पर्धामा तपाईकै जित हुनेछ भने सहयोगिको साथ पाईने हुनाले नया प्रकृतिको काम गरि मनग्गे धन तथा सम्पति आर्जन गर्न सकिनेछ । पढाई लेखाईमा एक कदम अगाडि बढि नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...