कस्तो होला हाज तपाईको भाग्य ? हेर्नुस् राशीफल

Rashi mangalbar ganesh

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 

आकस्मिक धन तथा सम्पति लाभ हुने समय रहेको छ । शेयर बजार तथा चिठ्ठाको व्यावसाय फस्टाएर जानेछ भने व्यापार व्यावसायमा लगानि गरि मनग्गे धन सम्पति कमाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने आत्मिय मित्रको साथ रहने हुनाले महत्वपुर्ण उपलब्धि हासिल गर्न सकिने छ । आफन्त तथा सन्तानबाट तपाईको काममा सहयोग हुने हुँदा मन प्रशन्न रहने छ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा तथा उपलव्धिमुलक कामहरु गर्न सकिने छ । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 

राजनीतिकर्मी तथा समाजसेवीहरुले जनताको जनताको काम गर्न सक्दा मात्र मान सम्मान ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । खोज तथा अनुशन्धानमा उपलब्धिमुलक नतिजा नआए पनि आगामी दिनमा काम गर्न सहज हुनेछ । आमा तथा आमा सरहका मानिससँग टाडिएर देश परदेशको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि मनग्गे लाथ लिन सकिने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) 

दाजुभाई तथा छिमेकिबाट तपाईले शुरु गरेको काममा सहयोग तथा समर्थन हुने हुँदा मन प्रशन्न हुनेछ । छोटो दुरिको व्यावसायिक यात्राको अधिक सम्भावना रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले थप लगानि गर्न आट आउनेछ । माया प्रेममा एक अर्काको भावना बुझ्न सकिने हुँदा थप प्रगाडता बढेर जानेछ । पढाई लेखाई प्रगतिकै बाटोमा अगाडि बढ्ने योग रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

समयले साथ दिने हुनाले थोरै लगानिबाट भनेजस्तो आम्दानी गर्न सकिने छ भने दैनिकि सुधार भएर जानेछ । व्यापारमा लगानि गरि मनग्गे लाभ लिन सकिने छ । आफन्त तथा सहयोगिको साथ पाईने हुनाले जस्तोसुकै परिस्थितिको पनि सामना गर्न सहज वातावरण बनेर जानेछ । पढाई लेखाईमा थोरै समय दिदा पनि नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि लामो समय सँगै बसेर भलाकुसरी गर्ने अवसर प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 

राम्रा तथा सामाजिक काम गरि अरुको मन आफुतिर आकर्षित गर्न सकिने छ । सानो प्रयत्नले ठुलो काम बन्ने हुँदा आर्थिक रुपमा सबल भइन्छ । थोरै स्रोत साधन प्रयोग गरि असीमित आवस्यक्ता पुरा गर्न सकिनेछ । प्रेम प्रशंगमा रमाउन चाहानेहरुका लागि दिनले साथ दिने हुँदा मिठा मिठा कुरा गरी समय व्यतित गर्न सकिनेछ । पढाईमा प्रगति हुने तथा नतिजा तपाईको आफ्नै पोल्टोमा पर्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) 

परिवार तथा आफन्तसँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला, सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । पढाई लेखाई तपाई आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । विदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ । वन्द व्यापारमा प्रशस्त समय लगानी गरे पनि प्रतिफल न्यून आउने हुनाले मन दुःखी हुनेछ । गलत साथीको संगतमा लाग्नाले नराम्रो काममा फस्न सकिने योग रहेको छ, ध्यान दिनुहोला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) 

व्यापार व्यावसायमा लगानि बढाई प्रशस्त आम्दानी गर्न सकिने छ भने आम्दानीका स्रोतहरु पहिल्याई जीवनस्तर उकास्न सकिनेछ । पढाई लेखाईमा राम्रो प्रगति गरि नाम कमाउन सकिने छ भने शिक्षा क्षेत्रको लगानीबाट भनेजस्तो आम्दानी हुनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग तथा परिचालनमार्फन नयाँ काम गर्न सकिने छ । दाजुभाईको सहयोग हुने हुँदा मन प्रशन्न रहने छ । माया प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 

राजनीति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट पद प्रतिष्ठा पाउने ग्रहयोग रहेको छ । व्यापार व्यावसायमा लगानि गरि मनग्गे रुपैयाँ पैसा कमाउन सकिने छ भने नयाँ काम पाउने तथा नोक।ीमा बढोत्तरी हुने योग रहेको छ । बुवा तथा आफन्तबाट सहयोग पाईने हुनाले महत्वपुर्ण कामहरु समयमा नै फत्ते गर्न सकिने छ । पढाई लेखाईमा प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै प्रगति पथमा अगाडि बढ्न सकिने छ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 

लामो दुरिको धार्मिक तथा शैक्षिक यात्रा गर्न सकिनेछ भने यात्राका क्रममा महत्वपुर्ण व्याक्तिहरुसँग भेटघाट हुनेछ । व्यापार व्यावसायमा लगानी गरि प्रशस्त आम्दानी गर्न सकिने छ भने तपाईको काममा आफन्त तथा शुभचिन्तकहरुको सहयोग रहने छ । माया प्रेमको गाठो कसिलो भएर जाने तथा जीवन साथिको सहयोगले राम्रा कामहरु सम्पादन हुनेछन् । प्रतिष्ठित काम गरि समाजमा नाम कमाउन सकिने छ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 

नसोचेका ठाउँमा रुपैया पैसा खर्च हुने सम्भावना रहेको हुनाले आर्थिक कारोबार गर्दा ख्याल गर्नुहोला । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले मनमुटावको अवस्था सिर्जना नहोला भन्न सकिन्न । व्यापार व्यावसायमा नाफा कमाउन दिनभर जसो समय दिनुपर्ने छ भने बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानी भने फस्टाएर जानेछ । स्वास्थ्यको ख्याल गर्नुहोला उपाचार खर्च बढ्ने योग रहेकोछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 

व्यापार व्यावसायमा नाँफा कमाउन बढि नै संघर्ष गर्नुपर्ला । यात्रा गर्दा ख्याल गर्नुहोला झन्झटिलो तथा कष्टपुर्ण हुँनसक्छ । स्वास्थ्यसम्बन्धि समस्याले सताउने हुँदा उपचार खर्च बढ्न सक्छ । बिदा तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिने हुँदा मनमा अशान्तिले गतिलो डेरा जमाउनेछ । पारिवारिक सम्बन्ध तथा पति पत्नि बीचको सम्बन्धमा केहि खल्लो अनुभुति भएको महशुष हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) 

पढाई लेखाईमा प्रतिष्पर्धिहरुलाई हराउँदै नतिजा तपाई आफ्नै पोल्टोमा पार्न सकिनेछ । सत्रु परास्त हुनेछन् भने तपाईको खैरो खन्नेहरु आफै साईड लाग्नेछन् । बिवादित बिषयहरुको निर्णय तपाई आफ्नै पक्षमा आउने हुनाले खुसीले उचाई नाघ्नेछ । पुराना सापटि तथा लेनदेनका मुद्दाहरु सल्टाउन सकिने हुँदा मन प्रशन्न रहनेछ । माया गरेको मानिसबाट उपाहार प्राप्तिको योग रहेको छ ।

प्रतिकृया दिनुहोस