आर्थिक वृद्धिदर ७ देखि ८ प्रतिशतकै बीचमा कुल बजेटको २८ प्रतिशत मात्रै खर्च

Youbraj

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर ७ देखि ८ प्रतिशतकै बीचमा रहने अनुमान अर्थमन्त्रालयले गरेको बताएका छन्। मन्त्री खतिवडाले अहिले नै आर्थिक वृद्धिदर यति नै हुन्छ भन्ने अवस्था नरहेपनि खर्चको अनुपात र राजस्व संकलनलाई हेर्दा आर्थिक वृद्धिदर लक्ष्य अनुरुप नै हुने विश्वास व्यक्त गरेका हुन्।

मन्त्री खतिवडाले आर्थिक वर्ष २०७५/७६ को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै यस्तो अभिव्यक्ति दिएका हुन्। चालू आवको पहिलो ६ महिनामा कृषि उत्पादनमा भएको वृद्धि, उद्योगको क्षमता उपयोगमा भएको विस्तार, पर्यटकको आगमनमा वृद्धि, ऊर्जा आपूर्तिमा भएको सुधार, विप्रेषण आप्रवाहमा भएको वृद्धि, राजस्व असूलीमा भएको वृद्धि र पूँजीगत खर्चमा भएको वृद्धिजस्ता सूचकहरू सन्तोषजनक देखिएको बजेटको अर्धवार्षिक समीक्षामा उल्लेख छ। 

सोही आधारमा आर्थिक वृद्धिदर लक्ष्यकै हाराहारीमा हुन सक्ने प्रारम्भिक अनुमान रहेको मन्त्री खतिवडाको भनाइ छ। आर्थिक वर्ष २०७५/७६ को पहिलो ६ महिनासम्मको औसत मुद्रास्फीति ४.२ प्रतिशत र  रहेको छ। विप्रेषण आप्रवाह ३०.२ प्रतिशतले वृद्धि भई ४ खर्ब ४३ अर्ब ३६ करोड पुगेको समीक्षामा उल्लेख छ। यसैगरी खुद ट्रान्सफर आय २८.७ प्रतिशतले बढी ५ खर्ब ५ अर्ब ४३ करोड भएको छ।

समीक्षा अवधिमा कुल वस्तु निर्यात १०.३ प्रतिशतले वृद्धि भएको छ भने कुल वस्तु आयात ३०.५ प्रतिशतले वृद्धि भएको छ। कुल व्यापार घाटा ३२.१ प्रतिशतले वृद्धि भई ६ खर्ब ७८ अर्ब ५३ करोड पुगेको अर्थ मन्त्रालयले जनाएको छ। शोधनान्तर घाटामा भने ६३ अर्ब ६८ करोडले पुगेको छ।

बजेटको अर्धवार्षिक समीक्षामा कुल विदेशी विनिमय सञ्चिति १० खर्ब ५८ अर्ब २० करोड रहेको उल्लेख गरिएको छ। यो रकम ८.९ महिनाको वस्तु आयात र ७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने समेत अर्थमन्त्रालयले जनाएको छ।

समीक्षा अवधिमा ३  खर्ब ७५  अर्ब ८२ करोड रुपैयाँ मात्रै खर्च भएको छ। जुन कूल विनियोजनको २८.६ प्रतिशत हो। चालु खर्च तर्फ २ खर्ब ९६ अर्ब ५७ करोड ५९ लाख (३५.१ प्रतिशत), पूँजीगत तर्फ ५५ अर्ब ५२ करोड ३ लाख (१७.७ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ २३ अर्ब ७२ करोड ४७ लाख (१५.२ प्रतिशत) खर्च भएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...