आहा-रारा फाईनल : थ्री स्टार र आर्मी भिड्दै

87976901aaha rara post match qpqybkec76

काठमाडौं । पोखरामा जारी १७ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको उपाधि भिड्न आज हुँदैछ । फाइनलमा भिड्दै छन् दुई चिरपरिचित प्रतिद्वन्दी रुस्लान थ्री स्टार र त्रिभुवन आर्मी क्लब ।

पोखरा रंगशालामा हुने फाइनल खेल अपरान्ह २ बजे सुरु हुनेछ । प्रतिस्पर्धाका लागि मैदान उत्रदा राष्ट्रिय टोलीका खेलाडीले भरिएका दुई टोलीको लक्ष्य उपाधि चुम्नेछन् ।

पोखरेली समर्थकको प्यारो क्लब थ्री स्टार पाँचौ पटक उपाधि जित्ने अभियानमा छ । पोखरेली फुटबलका ठुला स्टार अनिल गुरुङलाई समेत करियरको अन्तिमतिर घरेलु मैदानमा उपाधि जित्ने अवसर छ ।

विजेता टोलीको पुरस्कार के ?

प्रतियोगिताको विजेताले ८ लाख र उपविजेता टिमले ४ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ थान स्कुटर प्राप्त गर्ने आयोजकले जनाएको छ ।

पाँच विधामा उत्कृष्ट हुने खेलाडीले नगद १५ हजार सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । सवार्धिक गोलकर्ताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतिकृया दिनुहोस