‘बी’ डिभिजन लिगः भगवती क्लब र आरसीटी विजयी

N5lhyi0pwksxoze03occ

काठमाडौं। सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत् दोस्रो चरणको खेलमा श्री भगवती क्लब र रानीपोखरी कर्नर टिम (आरसीटी)ले विजयी सुरुआत गरेका छन् ।

शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको पहिलो खेलमा श्री भगवतीले सातदोबाटो युथ क्लबलाई ४–३ ले हरायो ।

श्री भगवतीलाई जिताउनेक्रममा मोहनबहादुर थापा मगरले ‘ह्याट्रिक’ गरे । आशबहादुर गुरुङले एक गोल गरे ।

सातदोबाटोका दोर्जे तामाङ, पृथ्वी चौधरी र भुवन बस्नेतले एक/एक गोल गरे । त्यस्तै, दोस्रो खेलमा आरसीटीले टुसाल युवा क्लबलाई २–१ ले हरायो ।

आरसीटीलाई जिताउन दुवै गोल उनम बुढाथोकीले गरे । टुसालका करण रावतले एक गोल फर्काए ।

जितसँगै श्री भगवती र आरसीटीले समान ३/३ अंक जोडेका छन् । ४ टोली रहेको दोस्रो चरणको खेलपछि शीर्ष टोलीले उपाधि जित्नेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...