१ सय ३५ प्रहरी दीक्षित

Police

विराटनगर । प्रदेश नं १ प्रहरी तालीम केन्द्र विराटनगरको १३६औँ समूहको प्रहरी जवान आधारभूत तालीमबाट १३५ जना प्रहरी आज दीक्षित भएका छन् ।

विसं २०७५ जेठदेखि सञ्चालित उक्त तालीममा १९ महिलासहित १३५ जनाले २१९ दिन सङ्गठनको परिचय, सुरक्षा, प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान, शारीरिक व्यायाम तथा चाँदमारी र कवाजमा प्रशिक्षण पाएका थिए ।

सो अवसरमा प्रदेश नं १ का प्रहरी नायब महानिरीक्षक केदार रिजालले उत्कृष्ट हुने तालीमका सहभागीलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गर्दै नागरिकलाई केन्द्रमा राखी राष्ट्रको सर्वोपरी हितमा कार्य गर्न निर्देशन दिए ।

तालीममा पुरुषतर्फ राजेन्द्र ताजपुरिया र महिलातर्फ लक्ष्मीकुमारी थारु उत्कृष्ट भएकी थिईन् ।

यसैगरी चाँदमारीमा मोनराम राई शारीरिक व्यायाममा अजय राई, प्रहरीयुक्ति तथा कारबाहीमा आशिष लिम्बू र अध्ययनमा आदित्यमणि तिवारी प्रथम भएकी थिईन् ।

तालीम केन्द्रको ५३औँ वार्षिकोत्सवका अवसरमा विभिन्न खेलकूद कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...