पीएसएल क्रिकेटमा सन्दीपको टिम लाहोर पराजित

1551277620sandip ch

काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल) क्रिकेटमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको लाहोर क्वालेण्डर्स पराजित भएको छ ।  बिहिबार राति भएको खेलमा लाहोर कराँची किंग्ससंग ५ विकेटले पराजित भएको हो ।  

दुबईमा लाहोरले दिएको १३४ रनको लक्ष्य कराँचीले १९ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो । 

कराँचीका लागि लाइम स्टेफेनले सर्वाधिक ३८ रन जोडे । यस्तै इफ्तिखर अहमेदले अविजित ३३ तथा कप्तान इमाद वासिमले अविजित १९ रन बनाए ।

त्यस्तै कोलिन मुन्रोले १५, कोलिन इन्ग्रामले १२ र बाबर आजमले ११ रन बनाए ।  लाहोरका लागि सन्दीपले २ विकेट लिए ।

सन्दीपले ४ ओभर बलिङ गर्दै १७ रन खर्चेर २ विकेट लिए । सुरुवाती २ ओभरमा घातक बलिङ गर्दै ३ रन खर्चेर २ विकेट लिएका सन्दीपले तेस्रो र चौथो ओभरमा विकेट लिन सकेनन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लाहोरले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १३३ रन बनाएको थियो ।

लाहोरका लागि एबी डी भिलियर्सले सर्वाधिक ३३ रन जोडे  । यस्तै सोहिल अख्तरले अविजित २९ रन जोड्दा कोरी एन्डरसनले २२ रन बनाए ।

हरिस सोहिलले २० रन बनाउदा कप्तान फकर जमान १८ रनमा आउट भए । कराँचीका इफ्तिखर अहमेदले २ विकेट लिए ।

लाहोरलाई हराएसंगै कराँचीले ७ खेलमा ६ अंक जोडेको छ । र, पाँचौ स्थानमा रहेको कराँचीले प्ले अफमा पुग्ने सम्भावना कायम राखेको छ । 

लाहोरको पनि ७ खेलबाट ६ अंक नै रहेको छ । लाहोर चौथो स्थानमा रहेको छ ।   

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...