महिला क्रिकेट टोली स्वदेश फिर्ता

Kriket toli firta

काठमाडौं । थाईल्याण्डमा सम्पन्न आईसीसी महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोटको उपविजेता बनेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको छ ।

बैंककमा बुधबार सम्पन्न छनोटमा उपविजेता बनेपनि नेपाली टोली ग्लोबल छनोटमा पुग्न असफल भएको थियो । ७ राष्ट्र रहेको छनोटको शीर्ष टोलीले ग्लोबल छनोटमा स्थान बनाउने प्रावधान छ । आयोजक शीर्ष स्थानमा रहँदै विश्वकपका लागि ग्लोबल छनोटमा पुगेको थियो ।

छनोटमा नेपाल थाइल्याण्डसँग ५८ रनले पराजित भएको थियो । अन्य टोलीलाई भने नेपालले हराएको थियो ।

नेपालले ६ खेलबाट १० अंक जोडेको थियो । थाइल्याण्ड १२ अंक जोडेर शीर्ष स्थानमा रहदा युएई ८ अंक जोडेर तेस्रो स्थानमा रहेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...