शीर्ष क्लबहरुको सहज जित, चेल्सीसँग टोटनह्याम हट्सपर पराजित

1300585717rnle5awzovhf4zgdwlcl

काठमाडौं । इंङ्गलिस प्रिमियर लिग फुटबलमा शीर्ष क्लबहरु लिभरपूल, म्यान्चेस्टर सिटी, आर्सनल, म्यान्चेस्टर युनाईटेड र चेल्सी विजयी भएका छन् । गएराती भएको खेलमा शीर्ष स्थानको लिभरपूलले वाट्फोर्डलाई ५–० ले हराउँदा दोस्रो स्थानको म्यान्चेस्टर सिटीले वेष्ट ह्याम युनाईटेडमाथि १–० को जित निकाल्यो ।

गएराती चेल्सीले टोटनह्याम हट्सपरलाई २–० ले हराउँदा अर्को लण्डन क्लब आर्सनलले बर्नमाउथमाथि ५–१ को फराकिलो जित निकाल्यो ।म्यान्चेस्टर युनाईटेडले क्रिष्टल प्यालेसलाई ३–१ ले हरायो । गएराती नैं साउथह्याम्पटनले फुल्हममाथि २–० को जित निकाल्यो ।

गएरातीका खेलहरुपछि प्रिमियर लिग फुटबलको अंक तालिकामा २८ खेलबाट ६९ अंक जोडेको लिभरपूल शिर्ष स्थानमा छ ।समान खेलबाट ६८ अंक जोडेको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा रहेको छ ।

तेस्रो स्थानको टोटनह्यामको ६० अंक छ भने ५६ अंक जोडेको आर्सनल चोथो स्थानमा छ । म्यान्चेस्टर युनाईटेडको ५५ अंक छ भने एक खेल कम खेलेको चेल्सीको ५३ अंक छ ।

प्रतिकृया दिनुहोस