प्रदेशस्तरीय खेलमा झापा र उदयपुर पुगे सेमीफाइनलमा

Dkt khel 15

धनकुटा । धनकुटामा संचालन भइरहेको प्रदेश स्तरीय महिला फुटवल प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलममा झापाले तेह्थुमलाई र उदयपुरले इलामलाई हराउँदै सेमीफाईनलमा पुगेका छन् ।

झापा र तेह्थुमबीच भएको पहिलो खेलमा ०–४ गोलको अन्तर तेह्रथुमलाई पराजित गर्दै झापा सेमिफाईनल प्रवेश गरेको छ । झापाका जर्सी नम्वर १२ की ममता राउतले आफ्ना टिमको तर्फबाट सम्पूर्ण ४ गोल गरिन् । उनी म्यान अफ दी म्याच घोषित भइन्  ।

त्यसैगरी उदयपुर र इलामबीको खेलमा २–३ गोलको अन्तरले उदयपुर विजयी हुँदै सेमिफाईनल पुगेको छ । सो खेलमा उदयपुरकी जर्सी नम्वर १७ की मोनिका राई म्यान अफ दी म्याच घोषित भइन् ।

प्रदेश नं. १ का १४ वटै जिल्लाहरुले भाग लिएको सो महिला फुटवल प्रतियोगिता अन्तर्गत बिहीबार झापा र मोरङ तथा उदयपुर र ताप्लेजुङबीच सेमीफाइनल हुने जिल्ला खेलकुद विकास समिति धनकुटाका प्रमुख नविन प्रधानले बताए ।

प्रतिकृया दिनुहोस