अन्तिम खेलमा नेपालले आज कुवेतसँग खेल्ने, नेपाल तेस्रो स्थानमा

Cricket women

काठमाडौँ। आईसीसी महिला टी–२० विश्वकप अन्तर्गत एशिया क्षेत्रीय छनोटको अन्तिम खेलमा नेपालले बुधबार कुवेतसँग प्रतिस्पर्धा गर्दैछ ।

विश्वकप छनोटको अन्तिम चरणमा स्थान बनाउन नेपालले कुवेतलाई भारी अन्तरले हराएर मात्र पुग्ने भने छैन । नेपाललाई अरु खेलको नतिजाले प्रभाव पार्ने छ ।

यदि बुधबार नै तालिकाको शीर्ष स्थानमा रहेको थाइल्याण्डले यूएईसँग हार्नुपर्ने छ । यतिमात्र होइन यदि यूएई भारी अन्तरले विजयी भएमा पनि नेपाललाई शीर्ष स्थानमा पुग्न कठिन हुनेछ ।

किनकी नेपाल र यूएईको समान आठ आठ अंक भए पनि रन रेटका आधारमा नेपाल पछि रहेको छ । चीन विरुद्धको खेलमा नेपालले झिनो अन्तरले जित निकाल्नु पनि रन रेटमा ठूलो घाटा लागेको थियो ।

बुधबारको खेलमा थाइल्याण्ड विजयी भएमा नेपाल र यूएईको आशा समाप्त हुनेछ । यदि नेपालले कुवेतलाई भारी अन्तरले हरायो र यूएईले थाइल्याण्डलाई झिनो अन्तरले जितेमा रन रेटका आधारमा शीर्ष स्थानमा पुग्ने टिमको टुंगो लाग्नेछ ।

थाइल्याण्ड १० अंकसहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा यूएई र नेपाल तेस्रो स्थानमा छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...